गृहमन्त्री सुधन गुरुङ त्रिशूली-३ ‘ए’ आयोजना स्थल जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ४२ जना सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना पुग्दै छन्। गृहमन्त्री गुरुङ सुरुङको मुख खुलाउन चाहिने आवश्यक उपकरणसहित त्यहाँ पुग्दै छन्। गृहमन्त्री गुरुङ ‘ब्रेकर’सहित आयोजनास्थलतर्फ अघि बढिरहेका छन्।

गृहमन्त्रीसँगै भारतीय उद्धार टोली पनि घटनास्थल पुग्दै छ। स्थलगत जानकारीअनुसार, उद्धार टोली मुख्य पहुँच सुरुङको ‘क्राउन’ भागसम्म पुगेको छ। त्यहाँबाट सुरुङभित्र प्रवेश गर्न अवरोध भत्काउने प्रयास भइरहेको भए पनि अहिलेसम्म पूर्णरूपमा भत्काउन सकिएको छैन।

सुरुङभित्र प्रवेश गरी थुनिएका व्यक्तिसम्म पुग्न अवरोध तोडेर प्रवेशमार्ग खोल्न थप उपकरण र प्राविधिक सहयोग आवश्यक परेको छ। यही काममा सहयोग गर्न गृहमन्त्री गुरुङ उपकरणसहित भारतीय उद्धार टोलीसहित घटनास्थल पुग्न लागेका छन्।

सुरुङभित्र छिर्न नै उद्धारकर्तालाई सकस परिरहेको छ। ब्लास्टिङ गर्दासमेत अवरोध हट्न सकेको छैन।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी अपडेट: सोमबार साँझसम्म ९३९ जनाको शव फेला, तीन हजार ९२५ सम्पर्कविहीन