काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछिको अवस्थामा सोमबार लामिछाने र रुबियोबीच टेलिफोन वार्ता भएको हो । टेलिफोन अमेरिकी विदेशमन्त्री रुबियोले गरेको रास्वपाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।
“टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउनुभयो,” रास्वपाले भनेको छ ।
टेलिफोन वार्तामा सभापति लामिछानेले नेपाल सरकारले हाल जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोत–साधन परिचालन गरिरहेको जानकारी गराएका थिए ।
नेपाली नागरिकका साथसाथै नेपाल सबै विदेशी नागरिकको सुरक्षाका लागि पनि उत्तिकै प्रतिबद्ध रहेको आश्वासन सभापति लामिछानेले विदेशमन्त्री रुबियोलाई दिएका थिए ।
यस कठिन परिस्थितिमा पुर्याएको सहयोगका लागि सभापति लामिछानेले अमेरिकी सरकारप्रति आभार प्रकट गरेका थिए । जवाफमा अमेरिकी विदेशमन्त्री रुबियोले अमेरिका नेपाल सरकारलाई थप सहयोग गर्न तयार रहेको बताएका थिए ।
सम्बन्धित समाचार
जनकपुरको ९५० बिघा जग्गा फिर्ता गरियोस् : सांसद झा
चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय
राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगे
गृहमन्त्री सुधन गुरुङ त्रिशूली-३ ‘ए’ आयोजना स्थल जाँदै
प्रधानमन्त्री शाह सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै
प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?






