काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन लगाएर एक्रो ब्रिज जडान गरेको छ।
प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार नेपाली सेनाले ५ दिनदेखि खटेर बुधबार बेलुका एक्रो ब्रिज जडान सम्पन्न गरेको हो।
नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको र शुक्रबारदेखि सवारीसाधन सञ्चालन गरिने सरकारले जनाएको छ।
यसअघि भोटेकोसीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीय, व्यापारी तथा यात्रुलाई राहत भएको छ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
कांकडभिट्टामा गोप्रो क्यामेरा जडान
जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
सात सय घरमा विद्युत सुविधाको पहुँच
तादीखोलामा एक्रोब्रिज जडान तीब्र
एकीकृत सहरी पूर्वाधार विकास परियोजना अन्तिम चरणमा
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय





