धनगढी । सुदूरपश्चिम प्रदेशमा यातायात क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटको अध्यक्षतामा यातायात क्षेत्रका समसामयिक विषयमा भएको छलफलपछि कार्यदल गठन गर्ने निर्णय गरिएको हो ।
कार्यदलले तीनपाङ्ग्रे सवारी साधनको विद्यमान दर्ता, नवीकरण, रुट परमिट, ठेक्कासारी, लगतकट्टा, बीमा तथा सवारी चालक अनुमतिपत्र नियमनका क्रममा देखिएका चुनौतीलगायत विषयमा अध्ययन गरी सुझाव पेस गर्नेछ ।
कार्यदलको संयोजकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्था महाशाखा प्रमुख रहने व्यवस्था गरिएको छ ।
कार्यदलमा धनगढी उपमहानगरपालिकाका उपसचिव नरेन्द्र खाती, उपमहानगरपालिकाका प्रविन केशर श्रेष्ठ, कैलाली/कञ्चनपुर यातायात व्यवस्था कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अधिकृत प्रतिनिधि र यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर सदस्य रहनेछन् ।
त्यस्तै, सरोकारवाला दुई जना यातायात व्यवसायीलाई आमन्त्रण गरी सदस्यका रूपमा सहभागी गराउने निर्णय भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका कानुन अधिकृत सदस्य–सचिव रहनेछन् ।
छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री भाट, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट तथा मन्त्रालयका महाशाखा प्रमुख मेखराज जैसीलगायतको सहभागिता थियो ।
कार्यदलले विशेषगरी तीनपाङ्ग्रे सवारी साधनको व्यवस्थापनसँगै दर्ता, नवीकरण, रुट परमिट, बीमा र चालक अनुमतिपत्रसम्बन्धी विद्यमान व्यवस्थामा देखिएका समस्या पहिचान गरी सुधारका लागि सुझाव दिनेछ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
भोटेकोशी बाढी : सुदूरपश्चिमका १० सम्पर्कविहीन सकुशल भेटिए, १३० अझै बेपत्ता
कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ
नदी किनारका जोखिमयुक्त बस्तीको अभिलेख राखेर नीति बनाउँछौँः मुख्यमन्त्री भट्ट
दलित विद्यार्थीका लागि टीकाराम पार्की छात्रवृत्ति, धनगढी उपमहानगरले माग्यो आवेदन
पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित
सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक






