दलित विद्यार्थीका लागि टीकाराम पार्की छात्रवृत्ति, धनगढी उपमहानगरले माग्यो आवेदन

धनगढी । कैलाली, धनगढी उपमहानगरपालिकाले ‘दलित अभियन्ता टीकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमअनुसार दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न आवेदन खुला गरेको हो ।

उपमहानगरपालिकाका अनुसार कक्षा ११ र १२ देखि स्नातक तहसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनरत दलित विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

दलित समुदायका विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्न तथा आर्थिक अभावका कारण अध्ययनमा आउने समस्या कम गर्दै शिक्षालाई निरन्तरता दिन छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

छात्रवृत्तिका लागि आवश्यक कागजातसहित तोकिएको समयभित्र आवेदन दिन उपमहानगरपालिकाले सम्बन्धित विद्यार्थीलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

७ वर्षदेखि अल्झिएको राँके–गैँडे सडक : हिउँदमा धुलो, बर्खामा हिलो