धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल सम्पर्कमा आएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सुनिल चौधरी, वडा नम्बर ६ की चन्दा जोशी, वेदकोट नगरपालिकाका अजय राना, सुरेश राना र सन्तोष राना, बेलौरीका नवीन चौधरी र आदर्श चौधरी तथा कञ्चनपुरकै राकेश भट्ट र प्रदीप चन्द तथा डडेल्धुराका सुनिल बुढामगर सकुशल सम्पर्कमा आएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सकुशल भेटिएकामध्ये सात जना जलविद्युत् आयोजनामा कार्यरत छन् । चन्दा जोशी नर्सिङकी विद्यार्थी हुन् । अन्य दुई जना के कामका लागि रसुवा पुगेका थिए भन्ने खुलेको छैन ।
भोटेकोशीमा आएको बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका १४० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो । १० जना सकुशल सम्पर्कमा आएसँगै अब १३० जना अझै सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
बाजुरामा पहिरोले पुरिएर २ घाइते १ बेपत्ता
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
सुदूरका मुख्यमन्त्री भट्टले लिए शपथ
कैलालीको लालीगुराँस सामुदायिक वनभित्र बन्दुक पड्कियो, एक जनाको मृत्यु
रसुवा बाढीमा सुदूरपश्चिमका १३५ नागरिक सम्पर्कविहीन
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
बाढीपहिरोमा बेपत्ता मानिसको खोज तथा उद्धारमा जुट्न चीनका राष्ट्रपति सी जिनपिङको निर्देशन
भूकम्पपछि हिमपहिरो फुट्दा बाढी आएको प्रारम्भिक सूचना: परराष्ट्र मन्त्री






