रास्वपाका सहमहामन्त्री ढकालले अपराधीलाई भगाएको आरोप

जनकपुरधाम । महोत्तरी प्रहरीले एक अपराधीलाई पक्राउ गर्न गएको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री एवं सांसद हरि ढकालले आफ्नो गाडीमा राखेर भगाएका छन् ।

ज्यान मार्ने उद्योग मुद्दाका आरोपी रास्वपा मनरासिस्वाका पूर्वअध्यक्ष रोमन सिंह भनिने रमण सिंहलाई प्रहरीले पक्राउ गर्न गएको बेला आइतवार सहमहामन्त्री ढकालले प्रहरीलाई चक्मा दिँदै आफ्नो गाडीमा राखेर त्यहाँबाट भगाएको आरोप लागेको छ ।

ढकालले आरोपितलाई गाडीमा लिएर भगाएको सोही पार्टीका पिडीत गोविन्द कापरले आरोप लगाएका हुन् । ढकालले पद र सत्ताको दुरुपयोग गरेको भनी घटनाको सामाजिक सञ्चालमा रास्वपा पार्टीप्रति चर्को आलोचना भइरहेको छ । 

प्राप्त जानकारीअनुसार चितवन १ बाट सांसद रहेका ढकाल पार्टीको चलिरहेको लेखा परिक्षण कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका थिए । जिल्ला समन्वय समितिमा आयोजित लेखा परीक्षण कार्यक्रमको क्रममा घटना भएको बताइएको छ ।

सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ता कापरले ज्यान मार्ने उद्योगको जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएको  जाहेरीको आधारमा प्रहरीले पक्राउ गर्न पुगेको थियो । सो जाहेरीको मुद्दा मिलाउन सहमहामन्त्री ढकालले जिल्ला प्रशासन कार्यालयसमेत पीडित पक्षलाई छलफलका लागि बोलाई जाहेरी फिर्ता लिन दबाव दिएका थिए । तर पीडित पक्षले मानेन । 

पीडितको दबावपछि जिससमा आयोजित लेखा परीक्षण कार्यक्रमकै बेला प्रहरी टोली सिंहलाई पक्राउ गर्ने तयारी गरेकाे थियाे । तर सिंह पक्षका व्यक्तिहरुले नाराबाजी गर्दै प्रहरीलाई घेर्दै भित्र छिर्न दिएनन् । सोही क्रममा ढकालले सिंहलाई आफ्नो गाडीमा बसाएर त्यहाँबाट लगेका थिए । 

घटना’bout जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि पुष्टि गरेकाे छ । जिप्रका महोत्तरी दिएको जानकारीअनुसार जेठ महिनातिर रास्वपा पार्टीको अधिवेशनको क्रममा पार्टीका दुई पक्षबीच झडप भएको क्रममा गोविन्द कापर भन्ने व्यक्ति घाइते भएका थिए । उनकाे जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सिंहलाई पक्राउ गर्न गएको बेला रास्वपाका केही कार्यकर्ताले हो हल्ला गर्दै प्रहरीलाई रोक्न खोजेका थिए । सोही क्रममा पार्टीका नेताले आफ्नो गाडीमा बसाएर आरोपित सिंहलाई भगाएको हो ।

गत जेठ १७ गते मनराशिसवा नगरपालिकामा रास्वपाको नगर अधिवेशनको क्रममा दुई पक्षबीच भएको झडप रमण सिंह पक्षले गरेको आक्रमणमा तीनजना घाइते घाइते भएका थिए । घटनामा बथनाहाका २८ वर्षीय गोविन्द कुमार कापर, २५ वर्षीय अभिशेष झा र रविशंकर चौधरी घाइते भएका थिए । 

घटनापश्चात कापर पक्षले रमण सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कर्तव्यज्यानको जाहेरी दिएकाे थियाे । रास्वपाले आगामी महाधिवेशनको तयारीस्वरूप देशभर नगर अधिवेशन सञ्चालन गरिरहेको बेला सिंहले आफू नै पुनः नेतृत्व पाउने गरी निर्वाचनमा नजाने अडान राखेपछि कापर पक्षले विरोध गर्दा विवाद बढदै झडपमा परिणत भएको थियो ।
 

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

थाइल्याण्डको सिनेटको मतदान ठगीमा ७७ व्यक्तिविरुद्ध कानुनी कारबाहीको आदेश