तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको संख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिंग । चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत १० भदौमा आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको संख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।

पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन् ।

पहिरोसँगै आएको बाढीले चीन र नेपाल गरी दुवै देशमा लगभग एक हजार ४०० जनाको ज्यान लिएको छ भने पाँच हजार ५०० भन्दा बढीलाई बेपत्ता बनाएको छ । बाढीका कारण हजारौँ घरहरूलाई बाढीले बगाउँदा वा डुबानमा पार्दा दशौँ हजार मानिस विस्थापित बनेका छन् ।

बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित