काठमाडौं । प्रतिपक्षी दल कांग्रेसका सांसद चन्द्रमोहन यादवले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहको अभिव्यक्ति’bout सरकारसँग स्पष्ट जवाफको माग गरेका छन ।
आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले गम्भीर कुरा उठाएको भएकाले सरकारले जवाफ दिनुपर्ने पनि बताएका छन । सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कन्चटमा पेस्तोल तेर्स्याएको आरोप लगाएका थिए ।
उनले भने, ‘सत्ता पक्षकै सांसदबाट आएको वक्तव्य’bout ध्यानाकर्षण गराउन चाहन्छु। कहीँ सुन्नमा आएको छ, कन्चटमै पेस्तोल राखेर थर्काउने कुरा आएको छ ।
कहीँ कुरा आएको छ, प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ। यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो। यसमा सरकारको के जवाफ छ, हामी सुन्न आतुर छौँ ।’ लोकतन्त्रमा हिंसाको या भयको कुनै स्थान नहुने पनि बताए ।
सम्बन्धित समाचार
सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे
प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने
आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा
सरकारको प्रतिगामी कदम धेरै टिक्दैन : अध्यक्ष ओली
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
जलवायु मुद्दामा छलफल गर्न ४२१ स्थानीय तह जोमसोममा
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता





