तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यसअघि जिल्लाको घिरिङ गाँउपालिकाका १९ वर्षीय एक युवकलाई कोरोना संक्रमण भएको पुष्टि गरिएको थियोे । यसअघि जिल्लाको दक्षिणी बेल्ट ऋषिङ निवासी २८ वर्षीय एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियोे भने सोही गाँउपालिकाका थप दईजनामा कोरोनाको संक्रमण पुष्टि गरिएको थियोे ।

संक्रमित पुरुषलाई जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपि स्वासप्रस्वास केन्द्र बेलचौताराको आइसोलेशन कक्षमा उपचारका लागि लगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती