संसदीय सूचना र गतिविधि डिजिटल बनाउन नयाँ प्रणालीको परीक्षण सुरु

काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसदीय सूचना, सेवा, अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले ‘डिजिटल संसद् प्रणाली’ को परीक्षण सञ्चालन सुरु गरेको छ।

सचिवालयले तयार पारेको उक्त प्रणालीको प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

संसद् सचिवालयमा हाल प्रयोगमा रहेका वेबसाइट तथा संसदीय कामकारबाहीसँग सम्बन्धित विभिन्न प्रणालीलाई एकीकृत गरी सुरक्षित, प्रभावकारी र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली सञ्चालनमा ल्याइएको सचिवालयले जनाएको छ।

डिजिटल संसद् प्रणालीमार्फत सांसद तथा सदस्यहरूको एकीकृत अभिलेख, बैठक तथा समितिको व्यवस्थापन, विद्युतीय हाजिरी, विधेयक दर्ता तथा त्यसको प्रगति अनुगमन, बैठकका कागजात वितरण र संसदीय अभिलेख व्यवस्थापन गर्न सकिनेछ।

सदन तथा समितिका बैठकको मिति, समय, स्थान र कार्यसूची व्यवस्थापन गर्नुका साथै बैठकको अवस्था, उपस्थिति तथा अनुपस्थितिको विवरणसमेत डिजिटल रूपमा अभिलेखीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’मा जुटे ४२१ पालिका