सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद

काठमाडौं । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीको मोबाइल पार्ट्स् बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीले हिजो रारित करिब ११ः५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका –४ स्थित झाडीमा लुकाई छिपाई अवैध ढंगले राखेको सो सामान बरामद गरेको हो ।

अवैध सामान झाडीमा लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमान्डमा गएको टोलीले खोजतलास गर्दा करिब ८० लाख ३० हजार रुपैयाँबराबरको मोबाइलका पार्ट्स्हरु मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच र स्पिकरलगायतका सामान बरामद भएको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्रद्वारा पश्चिम नवलपरासीबाट ८० लाख बढीको मोबाइल पार्ट्स् बरामद