काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ । पार्टी कार्यालय बीपीनगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो ।
दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ । नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५औँ महाधिवेशनको झोला पाउने छन् । उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।
महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौँको खुलामञ्चमा हुनेछ । १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् ।
तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)
सम्बन्धित समाचार
काँग्रेसको १५औँ महाधिवेशन: वडा अधिवेशन आजदेखि सुरु
भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो
प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित





