पाँच सयले बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

बुधबार सुन दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। 

बिहीबार चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार