नेप्से परिसूचक स्थिर रहे पनि कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । दिनभर कारोबार समयमा नेप्से परिसूचक नकारात्मक थियो । बजारके अन्त्यमा झिनो अंकले सकारात्मक भएर बन्द भएको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंक बढेर २५९९..१५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.१४ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।

१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। 

नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। बुधबार चार अर्ब ७६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको एक करोड २० लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सिद्धार्थ बैंकको ३० करोड ५३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकले असोज १६ गते बुकक्लोज गर्दैछ। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकोले लगानीकर्ताहरु यसतर्फ आकर्षिक भएका हुन्। अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको करिब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

सिन्धु विकास बैंकको सेशेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ९ प्रतिशत र इमर्जिङ नेपालको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। 

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर