बूढीगण्डकी बाढीः हालसम्म कहाँ–कहाँ भए क्षति ?

गोरखा । गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले विभिन्न बस्तीका घर तथा टहरामा समेत क्षति पुर्‍याएको छ भने केही घर जोखिममा परेका छन्।

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको विवरण प्राप्त भएको छ।

बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटासम्म घर जोखिममा परेका छन्। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। पुल बगाएपछि उक्त क्षेत्रको आवागमनमा असर परेको छ।

बाढीबाट भएको क्षतिको विवरण प्राप्त भइरहे पनि मानवीय क्षति’bout भने विवरण खुलाइएको छैन। नदीको बहाव र सम्भावित जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

बूढीगण्डकी बाढी: १ शिशु र १ विदेशी नागरिकसहित ३६ जनाको उद्धार