गण्डकीमा संक्रमित थपिँदै, नवलपुर र पर्वतमा नयाँ २१ फेला

पोखरा । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी बुधबार २१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या २ सय ४७ पुगेको छ ।

प्रदेश स्वास्थ्यनिर्देशनालयले बुधबारबिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । उनीहरु सबै जनाभारतबाट फर्केर सम्बन्धितजिल्लाको क्वारेन्टाइनमा बस्दैआएकाथिए । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १८ जनापुरुष र पर्वतका ३ जना छन् । पर्वतमा भेटिएकामध्ये फलेबास नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । फलेबासकै वर्ष १९ र २१ का पुरुषमा कोरोना पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाका १४ जनामध्ये वर्ष १८ र २० का ३÷३ जना, वर्ष १९ र २४ का २–२ जना छन् । त्यस्तै वर्ष २१, २३, ३५ र ३६ कापुरुष छन् । यसैगरी, सोही जिल्लाकै मध्यबिन्दु नगरपालिकाका वर्ष १६ र ३० का, कावासोती नगरपालिकाका वर्ष ३७ का तथा पालिका नखुलेको वर्ष २७ का पुरुष छन् ।

संक्रमित सबैजनालाई सम्बन्धितजिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्यनिर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा मंगलबार मात्र १८ जना कोरोना संक्रमित फेला परेका थिए । गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेकका जिल्लामा कोरोना फैलिएको छ । कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भइ घर फर्केका छन् । १ जनाको मृत्यु भएको हो ।

प्रदेश राजधानी पोखरामा कोरोना परीक्षण हुँदै आएको छ । यहाँ हालसम्म झण्डै ९ हजार जनाको नमुना संकलन भएकोमा २५ सय जनाको नमुना आउनै बाँकी छ ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती