काठमाडौं । रोजगारी, व्यवसाय, अध्ययन तथा अन्य कामका सिलसिलामा काठमाडौंमा बस्दै आएका मानिसहरू दसैं नजिकिएसँगै आफ्नो थातथलो फर्किन थालेका हुन् । यातायात व्यवसायीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै अग्रिम टिकट लिएर ७८ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको संख्या पनि बढेको व्यवसायीहरूको भनाइ छ । हालसम्म पाँच लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाडिसकेको अनुमान गरिएको छ । काठमाडौं उपत्यका देशका विभिन्न जिल्लाबाट रोजगारी, अध्ययन र व्यवसायका लागि आएका मानिसहरूको प्रमुख गन्तव्य हो ।
लामो समयदेखि परिवारबाट टाढा रहेकाहरू चाडपर्व मनाउन घर पुग्ने तयारीमा जुट्दा उपत्यकाका बसपार्कमा यात्रुको चहलपहल बढ्न थालेको छ ।
दसैं मनाउन उपत्यका छाड्नेको संख्या बढेसँगै काठमाडौंका मुख्य सडकमा सवारी चाप कम हुन थालेको छ । सामान्य दिनमा कार्यालय जाने आउने समय तथा बजार क्षेत्रमा देखिने भीडभाड क्रमश: घट्दै गएको छ । उपत्यकामा बसोबास गर्ने ठूलो जनसंख्या बाहिरिएपछि सडकमा सवारीसाधनको चाप घट्ने गरेको छ ।
दसैंको मुख्य दिन नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुको संख्या थप बढ्ने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङ गर्ने यात्रुसँगै निजी सवारीसाधन तथा अन्य यातायातका माध्यमबाट बाहिरिनेहरू पनि हुने भएकाले उपत्यका छाड्नेको कुल संख्या अझ बढी हुन सक्छ ।
सम्बन्धित समाचार
रसुवा बाढीबाट आमाबुवा गुमाएका अधिकांश बालबालिका आफन्त र नातेदारको संरक्षणमा
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा
‘मलेसियाको रोजगारी चाहिन्छ, एकाधिकार चाहिँदैन’
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै






