बिस्कोको सकृयता तीन दशक नजिक

वीरगन्ज । मुलुकका करिब ३१ हजार ५ सय सहकारीहरुका भिडमा सक्रिय पर्साको वीरगंज बचत तथा ऋण सहकारी संस्था (बिस्को) लि.ले बिषम परिस्थितिका बीच पनि आफ्नो २८ औं साधारण सभा गरेको छ । संस्थालाई अब्बल सावित गर्न संस्थाले यो बिषम घडीमा पनि ६० लाख ६५ हजार ७ सय ९५ रुपैया खुद मुनाफा गरेको पाइएको हो ।

२०५६ सालमा वीरगन्जको तेजारथटोलबाट सेवा प्रारम्भ गरेको बिस्कोले निक्षेप संकलन र समग्र कारोबार गर्दै २०८२–२०८३ मा उक्त खुद मुनाफा गर्न सकेको प्रस्तुत साधारण सभाको बार्षिक प्रतिवेदनबाट खुलेको छ । राज्यको नीति अनुसार विगतमा झैं कुनै तामझाम विना शेयर र साधारण सदस्यहरुलाई संस्थाको वर्तमान अवस्था अवगत गराउन गरिएको बार्षिक साधारण सभामा संस्थाको तर्फबाट संचालक समिति सचिव सविता श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा संस्थाले गएको वर्ष कुल २० करोड ३६ लाख १३ हजार ९ सय ८९ रुपैया निक्षेप संकलन गरी १४ करोड ९१ लाख २४ हजार ८ सय ७० रुपैया कर्जा लगानी गरेको जनाइएको छ ।

संस्थाको सुदृढिकरण र निक्षेप सुरक्षाको कवज मानिने जगेडा कोषमा पनि बिस्कोले १ करोड ६७ लाख रकम जम्मा गरिसकेको प्रतिवेदनले देखाएको छ । त्यसैगरी शेयरपूँजी तर्फ पनि २ करोड १२ लाख ३३ हजार पु¥याएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो संस्था आर्थिक नगरी वीरगन्जमा मात्र नभई समग्र पर्सा जिल्लामा नै स्थापित संस्थाहरु मध्ये दोस्रो जेठो संस्था पनि रहेको वीरगन्ज महानगरपालिकामा दर्ज भएको तथ्याँकले पुष्टि गरेको छ । हाल संस्थाको वीरगन्जस्थित मुख्य बजार लिंक रोडमा चारतले आफ्नौ भवनबाट सेवा प्रवाह पनि भइरहेको छ ।

मुलुक नै हाक्छौं भनी अहिले तम्सेको दलका प्रमुख व्यक्ति लगायतले आर्थिक नगरी वीरगन्जको मुटुमा आदर्शनगरमा स्थापना गरेको सानो पाइलाको अहिले यहाँ नाम निशाना केही छैन । बरु पर्सा जिल्ला अदालतमा ५५ करोड बढीको दावी पुगिसकेको खुलेको छ । तर स्थानीय संचालक र स्पष्ट कारोवारको नीति अबलम्बन गर्ने संस्थाहरु भने अहिले वीरगन्ज महानगरमा अझै पनि २ सय १८ सहकारी संस्थाहरु सकृय रहेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

ती संस्थाहरु मध्ये विस्को यहाँका अरु सहकारी संस्थाहरुको अग्रज संस्था भई समयमा साधारण सभा गर्ने राज्यका निमनकारी निकायहरुमा समयमा कागजपत्र उपलब्ध गराउने र राज्यको नीति अक्षरस पालना गर्ने संस्थाका रुपमा दरिएको महानगरको सहकारी शाखाका कर्मचारी सुजन श्रीवास्तवले पनि बताए ।

बिस्कोको शनिबार भएको साधारण सभा संस्थाका संचालक समितिका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न भएको छ । सो क्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत सांगितक क्षेत्रमा अब्बल गणेश परियार, शिक्षा क्षेत्रमा अब्बल संचालक समितिका पदाधिकारी तथा सदस्यका दुई सन्तान र निक्षेप तर्फ पनि सकृय सेवाग्राहीहरुलाई नगद सहित सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन