सुर्खेत । गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट फरार भएका दुईजना कैदीबन्दी रुकुम पश्चिममा फेला परेका छन् ।
चौरजहारी बेश क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोट रुकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा पाँचजनाको प्रहरी टोलीले आठबिसकोट नपा–६ दामाचौरस्थित खोली बगरबाट ९ राडी आउदै गरेको क.प्र. ०२–००१ च ०८३१ नं. को डबल क्याप बोलेरो जिप चेकजाँच गर्ने क्रममा दुईजना ब्यक्तिहरु फेला परेका हुन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले भने, ‘उनीहरु प्रहरीलाई देखेर भाग्न थालेपछि नियन्त्रणमा लिइएको हो ।’
पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नपा १० घर भएको जर्वजस्ती करणी मुद्दाका अभियुक्त ३२ वर्षीया रामबहादुर बिक र सल्यान जिल्लाको कुमाख गापा-५ घर भएका जर्वजस्तीकरणी कसुरमा कारागारमा रहेका २८ वर्षको रेशम राना छन् । अझै ६ जना फरार छन् ।









