काठमाडौं । संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् ।
सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पछिल्लो समय देशमा विकसित राजनीतिक घटना र सरकारका कार्यशैली’bout छलफल गर्नुपर्ने भएको भन्दै छठपछि संसद् बैठक बोलाउन सरकारसँग माग गरेका हुन् ।
नेकपा सांसद युवराज दुलालका अनुसार बैठकमा हालै देशमा भैरहेका पछिल्ला घटनाहरु, स्वतन्त्र न्यायालय र विचौलियाका सम्बन्धहरु,
स्वतन्त्र मिडियामाथि सरकारको आतंक र धरपकड, विपद् प्रभावित क्षेत्रको पून निर्माण, बढ्दो महंगीले जनजीवनमा पारेका असर र राष्ट्रियताका विषयमा पेचिला सवालहरु संसदमा छलफल गर्नुपर्ने भएकोले संसद बैठक छठलगत्तै आव्हान गर्न सरकारसॅग माग गर्ने सहमति भएको छ ।
वर्तमान सरकारले राज्यका हरेक संवैधानिक अंग गिजोल्ने, एकपछि अर्को विवादित निर्णय गर्ने गरेकाले पनि त्यस’bout छलफल गर्न संसद् बैठक आवश्यक भएको निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् ।
सम्बन्धित समाचार
नक्कली भगवान् जन्मिएर हैरान पारेका छन्: ओली
जाग्यो कांग्रेस, पछ्याउँदै देउवा पक्ष
सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक
बेपत्ता बालबालिकाको खोजीमा एआई
दुर्लभ एकसिंगे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान, आजदेखि नै पानी पर्ने
भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट






