त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा घाइते भएका तीन जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् ।
बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा आइपुग्दा अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ ।
सो मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको छ ।
सम्बन्धित समाचार
‘अर्नब’को प्रभाव : कञ्चनजंघा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
आज काग तिहार पर्व मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान, आवेदन दिन २१ दिनको समय
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
डोल्पा कारागारबाट भागेका ८ कैदीबन्दीमध्ये ६ जना पक्राउ






