काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन जोड्यो ।
चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६४ रनको योगदान दिए । शुभम रन्जानेले अविजित ३१ रन बनाए । इमरान शेखले २४ रन जोडे । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिए । लोकेश बमले १५ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक-एक विकेट लिए ।
प्लेअफ दौडमा रहनका लागि विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । लुम्बिनीले भने प्लेअफमा स्थान बनाइसकेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)
सम्बन्धित समाचार
सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात
लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती
एनपीएलमा पोखरा एभेन्जर्सको पहिलो जित
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै
एनपीएल : प्लेअफ रेसबाट बाहिरियो पोखरा, विराटनगरको जित
फिल्डिङमा सुधार गर्नुपर्नेछ, प्लेअफ पुग्छौँ: सन्दीप लामिछाने
कमल, राधिका र राजकुमारलाई पहिलो दिन अग्रता






