काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजसामु २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एनपिएलका तीनवटा संस्करणसम्म आइपुग्दा पोखरा एभेन्जर्सले बनाएको २२४ रनको योगफल हालसम्मकै उच्च हो । यसअघि गत वर्ष दोस्रो संस्करणको एनपिएलमा विराटनगरले पोखराविरुद्ध २२० रन बनाएको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो । पोखराका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले । भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन तथा साम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेले । यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए ।
बलिङतर्फ काठमाण्डुका लागि करण केसीले दुई र जहानदाद खानले एक विकेट लिए । काठमाण्डुविरुद्ध प्रतिस्पर्धा गर्न लागेको पोखरा प्लेअफ पुग्नबाट यसअघि नै बाहिरिसकेको छ । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको काठमाण्डुले भने छ खेल खेल्दा चारमा जित र दुईमा हार बेहोरेको छ । काठमाण्डु गोर्खाजले अहिले पोखरा एभेन्जर्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित समाचार
जनकपुरको अर्को जित, पोखराको लगातार हार
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायमै
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
सन्दीप लामिछानेको ह्याट्रिकसहित एकै खेलमा ६ विकेट
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो
चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी






