काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ ।
प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो ।
सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहीबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ । मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।
अनौपचारिक अध्ययनअनुसार ई–एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएका छन् । यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा–सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।
‘हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ, यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ । अब यस’bout थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,’ मन्त्री पोखरेलले भने ।
गठित समितिले ई–एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बदमासी’bout विस्तृत अध्ययन गर्नेछ । गलत तथ्यांक पेस गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ ।
प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर ई–एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्यांकमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ ।
सम्बन्धित समाचार
डा. केसीको २५ औं सत्याग्रह सुरु, इलाममा मेडिकल कलेजको माग
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार
एनपीएलमा आज दुईवटा खेल
सप्तकोशी बोट दुर्घटनावारे अध्ययन गर्न समिति गठन
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
प्रादेशिक विश्वविद्यालय व्यवस्थापनवारे हेटौँडामा बहस
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
‘नेपाल प्रेस’को कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ






