काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन जोडे ।
अन्य ब्याटरमध्ये स्कट कुगेलेइनले ७, आरिफ शेखले ४, विनोद भण्डारी र थानुका डाबरेले समान ३ तथा अनिल खरेलले अविजित २ रन बनाए । थारिन्दु रत्नायकेले १ रन बनाए भने जर्ज मुन्से खाता नखोली आउट भए ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । शेर मल्लले ४ ओभरमा २७ रन दिँदै २ विकेट लिए । किशोर महतो र अभिषेश गौतमले समान १ विकेट लिए ।
लुम्बिनीले अब फाइनल प्रवेशका लागि १०६ रन बनाउनुपर्नेछ ।
सम्बन्धित समाचार
एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै
सङ्खुवासभा गोल्डकपः लोहारुङ क्लव र सेकाहा सेमिफाइनलमा
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायमै
एनपिएलमा खेल्न डेविड मिलर नेपाल आइपुगे
सुदूरसँग कर्णाली पराजित
काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै लुम्बिनी
एनपीएल : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै






