काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार पनि सेयर बजार नकारात्मक रह्यो । नेप्से परिसूचक घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंक घटेर २६२५.०५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.०६ अंक, फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंक घटेको छ।
आज १३ मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार चार अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४७ स्टकको ४१ हजार ६२७ पटकको कारोबारमा चार अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँबराबरको एक करोड एक लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बुधबार रिलायन्स स्पिनिङ मिल्स कम्पनीको ३२ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलायो
१३ अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट
एक अमेरिकी डलर किन्न तिर्नुपर्छ आज १५१ रुपैयाँ ४७ पैसा
हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?
तिहारअघि सामान्य बढेर बन्द भयो सेयर बजार
रिलायन्स स्पिनिङको इपीएसमा उच्च वृद्धि, पहिलो त्रैमासमै ३० करोड ४८ लाख नाफा






