एम्बुलेन्स चालक कुट्ने गाउँपालिका अध्यक्ष पक्राउ

हुम्ला । एम्बुलेन्स चालक कुटेको आरोपमा चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीसहित २ जना पक्राउ परेका छन् । चंखेली गाउँपालिका–४ पिप्लाङ घर भइ हाल सोही गाउँपालिका कार्यालयको एम्बुलेन्स चालकमा कार्यरत ४२ वर्षीय पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले उनहरूलाई पक्राउ गरेको हो ।

गाउँपालिका अध्यक्ष शाही र पारस शाहीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी दर्ता भएको प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताए । सोही गाउँपालिका वडा नम्बर २ घर भएका गाउँपालिका अध्यक्ष ५२ वर्षीय शाहीलाई मंङ्सिर ४ गते राति २ बजे गाउँपालिका केन्द्रबाट प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो ।

यसअघि सोधपुछ र सुरक्षाका लागि अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको थियो । जाहेरी दर्ता भएपछि मुद्दा प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । सात दिनको म्याद थप भइ अनुन्धान प्रक्रिया अगाडि बढेको छ ।

शाहीसँग पारिश्रमिक माग्न पुगेका एम्बुलेन्स चालक सिंहलाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । गत बिहीबार राति घाइते सिंहलाई जिल्ला अस्पताल ल्याएर उपचार गरिएको र टाउकोमा चोट भएकोले रिफर गरिँदा शुक्रबार नेपालगञ्ज पठाइएको थियो । घाइतेको हाल नेपालगञ्जमा उपचार भइरहेको छ ।

गत वर्ष माघ महिनाबाट चालक सिंहले पारिश्रमिक पाएका छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गाउँपालिका केन्द्र पिप्लाङबाट अध्यक्ष शाहीलाई पक्राउ गरेको हो । घाइते चालक सिंहको कुटिएका बेला छुट्याउन पुगेका बुवा र एक जना गर्भवती पनि घाइते भएको पीडित पक्षको दाबी छ । यता अध्यक्ष शाहीसँगै रहेका पारस शाहीलाई पनि टाउको र दाँया कुममा चोट लागेको छ । चालक सिंहलाई गत वर्ष माघबाट म्याद थप भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एम्बुलेन्स चालक कुट्ने गाउँपालिका अध्यक्ष पक्राउ