काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको आरोप लगाएका छन् ।
एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा उनले वर्तमान सरकारको गठन आतंक, आगजनी र तोडफोडबाट भएको आरोप लगाएका हुन् । उनले अहिले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक विधि कमजोर पारिएको बताए ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप पनि लगाए । प्रधानन्यायाधीश भइसकेको मान्छे संविधान मिचेर प्रधानमन्त्री भएको एकल सिफारिसमा प्रतिनिधि सभा विघटन गरिएको उनको भनाइ छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको उनको भनाइ छ ।
लोकतन्त्र र संविधानको संरक्षण गर्ने जिम्मेवारी राज्यका निकायले पूरा नगरेको उनको आरोप छ । उनले हाल लोकतान्त्रिक संस्थाहरू आदेशका भरमा चल्न थालेको बताए । राज्यका निकायहरू आदेशको भरमा नभई कानुनअनुसार चल्नुपर्ने उनको भनाइ छ । देशलाई संवैधानिक र लोकतान्त्रिक विधिअनुसार सञ्चालन गर्नको लागी दबाब दिन युवाहरू संगठित हुनुपर्ने उनले बताए ।
सम्बन्धित समाचार
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
सार्वजनिक बिदाले दानबहादुर कार्कीको रिटको सुनुवाइ फेरि अन्योलमा
मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गते दिउँसो ४ बजेसम्म समय
काठमाडौं महानगरको मेयरमा लड्ने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा
दुई पूर्वमन्त्रीसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेसमा नयाँ सरकार गठन अन्योलमा






