काठमाडौं । भारतीय कूटनीतिज्ञ एसडी मुनिले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमण सफल नभएको टिप्पणी गरेका छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत बालेनको भ्रमण’bout संक्षिप्त टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमण वाचा र प्रस्तुतिका हिसाबले उत्कृष्ट रहेको, तर कुनै ब्रेक थ्रु हुन नसकेको बताएका छन्।नेपालले मुख्य चासोको रुपमा उठाएको हवाई रुटका सम्बन्धमा उनले नयाँ कुरा सार्वजनिक गरेका छन्।
भारतले बागडोगराका लागि नेपाली आकाश प्रयोगको अनुमति माग्ने कुरा चीनसँग सम्बन्धित रहेको उनको दाबी छ।
‘बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतको माग चीनको सन्दर्भमा भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्ने उद्देश्यले गरिएको थियो,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन् । चीनकै कारण नेपाल अहिलेसम्म त्यस सन्दर्भमा सहयोग गर्न तयार नरहेको उनको विश्लेषण छ ।
बालेनको भारत भ्रमणको उपलब्धि दुवै देशको राजनीतिक वातावरणले निर्धारण गर्ने उनको भनाइ छ ।
‘बालेनको भारत भ्रमण प्रकाश र प्रतिज्ञाहरूको हिसाबले उत्कृष्ट थियो, कुनै पनि सफलता बिना र ठोस परिणामहरूमा पारस्परिक रूपमा स्वीकार्य, सारमा अपेक्षित थियो। भिजन डकुमेन्ट भारतको कूटनीतिक उपकरण किट हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ,’ उनले लेखेका छन् । मुनिले भारतमा प्रधानमन्त्री नरेन्द्र माेदी आफै कमजाेर हुँदै गएकाे संकेत गरेका छन् ।
सम्बन्धित समाचार
चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सीमित नराख्न प्रधानमन्त्रीको निर्देशन
गृहमन्त्री गुरुङ युएई प्रस्थान
सर्वोच्च अदालत बिक्ने संस्था होइन, निष्पक्ष न्याय दिनेछ: देउवा
एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने
काठमाडौंमा जुट्दै वडादेखि केन्द्रसम्मका एमाले नेतृत्व
भारत भ्रमणअघि प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच भेटवार्ता
पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव
जेनजीले नै बचाएँ : शेरबहादुर देउवा






