काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । सोमबार सामान्य अंक बढेको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ३.८६ अंक, फ्लोट इण्डेक्स १.२५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंक बढेको छ।
१३ मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ १.२४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार तीन अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज पाँच अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको एक करोड ४६ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज सोल्टी होटल कम्पनीको ३२ करोड १७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलरको सेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
सम्बन्धित समाचार
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक: अर्थमन्त्री डा. वाग्ले
सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या ३२ लाख ४३ हजार पुग्यो
अब सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
गहुँ छर्ने बेला कैलालीका किसानलाई मल जुटाउनै सकस
घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
पाँच वर्षमा हेरचाह र घरेलु कामबाटै डेढ लाख रोजगारी सिर्जना गरिने
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
पहिलो चौमासिकमा २३ प्रतिशत बजेट खर्च






