चैतन्यले ७ सय बाढी प्रभावित युवालाई निःशुल्क लोकसेवा पढाउने

​धनगढी । चैतन्य एकेडेमीले बाढी प्रभावित ७ सय युवालाई निःशुल्क प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

​‘विपद् प्रभावित युवाका लागि अवसर र भविष्य निर्माण’ अभियानअन्तर्गत आगामी मङ्सिर २० गतेदेखि बिहान र साँझ कक्षा सञ्चालन गर्न लागिएको हो । २०८३ भदौ १० गतेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका युवा यसबाट लाभान्वित हुनेछन् ।

​अभियानअन्तर्गत लोकसेवा (खरिदार, नायब सुब्बा, शाखा अधिकृत), शिक्षक सेवा (आधारभूत तह), सुरक्षा निकाय (असई) र बैंकिङ सहायक तहका कक्षाहरू निःशुल्क प्रदान गरिनेछ ।

​विगत १३ वर्षदेखि दक्ष जनशक्ति निर्माणमा सक्रिय एकेडेमीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत यो कार्यक्रम अघि सारेको हो । सात सय विद्यार्थीले ८० लाखको बराबरको सहुलियत पाउने चैतन्य एकेडेमीले जनाएको छ।

विपद्का कारण अध्ययन र रोजगारीमा असर परेका युवाको आत्मविश्वास फर्काउँदै राष्ट्रसेवामा जोड्नु अभियानको मुख्य उद्देश्य रहेको चैतन्य ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश जोशीले बताए ।

​‘राहत र पुनःस्थापनासँगै युवालाई भविष्यप्रति आशावादी बनाउने अवसर आवश्यक छ,’ जोशीले भने, ‘आज विपद्मा परेका युवा भोलि देशको जिम्मेवार प्रशासक, शिक्षक र सुरक्षाकर्मी बन्न सकून् भन्ने हाम्रो अपेक्षा हो ।’

​यसअघि कोरोना महामारीपछि एकेडेमीले निःशुल्क शनिबारीय प्रशिक्षण शृङ्खलाका ३१७ संस्करण सञ्चालन गरी हजारौँ परीक्षार्थीलाई लाभान्वित गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा