गुल्मीका अगुवा उद्योगी सम्मानित

गुल्मी । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका अगुवा उद्योगीलाई सम्मान गरेको छ । उद्योग दिवसको अवसर पारेर शुक्रबार कार्यालयले उद्योगीलाई सम्मान गरेको हो । उद्योग दिवस नोभेम्बर २५ मा मनाउने गरिएतापनि यस बर्ष तीन दिनसम्म मनाइएको छ । यस बर्षको उद्योग दिवसको नारा ‘औद्योगिक वातावरण सुधार : दीगो अर्थतन्त्रको आधार’ रहेको छ । यसै नाराअन्तरगत रहेर कार्यालयले विभिन्न क्षेत्रका उद्योगीलाई सम्मान गरेको हो ।

कार्यालयले मदानेबाट अचार उद्योगी दीपा केसी, रुरुक्षेत्रबाट पाउरोटी उद्योगी बल बहादुर श्रेष्ठ, रेसुङ्गा नगरपालिकाबाट कुटानी पिसानी मिल संचालक भोजराज भण्डारीलाई सम्मान गरेको छ । त्यसैगरी धुर्कोट गाउँपालिकाबाट सिलाईकटाई व्यवसाय गर्ने राम बहादुर दमाई, मुसिकोटबाट कषक सुम बहादुर खड्का, सत्यवतीबाट अचार बनाउने कमला भण्डारीलाई सम्मान गरिएको कार्यालयका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी चन्द्रकोटबाट कृषक ओम बहादुर घर्ती मगर, इस्माबाट सेरामिक्स उद्योगका खुमे कुमाल, कालिगण्डकीबाट पाउरोटी उद्योगी तारा देवी घर्ती, छत्रकोटबाट कृषक विष्णु प्रसाद भण्डारी सम्मानित भएका छन् । उत्कृष्ट उद्योगीलाई कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी मोतिराम भट्ट र कार्यालय प्रमुख खिम बहादुर अधिकारीले टिका, दोसल्ला एवं सम्मान पत्रले सम्मान गरे ।

उद्योगीलाई उद्योगमा टिकाइराख्न र थप नयाँ उद्योगी सिर्जना गर्ने उदेश्यले सम्मान गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर पन्थीले नागरिकलाई खुशी राख्नु अहिलेको आवश्यकता भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

रोहित पुनः मुम्बई इन्डियन्सको कप्तान