राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालेनले भने– अध्यादेश जारी गरिदिनुस्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । प्रधानमन्त्री बालेनले शुक्रवार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । उनले भारतबाट स्वदेश फर्किएको तीन दिनपछि राष्ट्रपतिसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री बालेनले राष्ट्रपतिसँग लगभग आधा घण्टा मात्रै छलफल गरेका थिए । छलफलमा बालेनले आफ्नो भारत भ्रमण’bout जानकारी दिएका थिए । साथै, भेटमा प्रधानमन्त्री बालेनले सरकारले सिफारिस गरेका अध्यादेश जारी गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले सरकारले विभिन्न कानुन निर्माणको काम गरिरहेको र संसद् नचलेको अवस्थामा अत्यावश्यक भएकाले अध्यादेश सिफारिस गर्नुपरेको बताएका थिए ।

हाल राष्ट्रपति कार्यालयमा तीन वटा अध्यादेश विचाराधीन छन् । प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोगसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन