गण्डकीमा पाँच सय नाघ्यो कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । आइतबार बिहान थप १६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या कुल ५ सय ४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको हो । गण्डकीका ११ वटै जिल्लामा संक्रमण फैलिन गएको छ ।

पछिल्लो विवरण अनुसार प्रदेशका बागलुङका ९, म्याग्दीका ४, पर्वतका २ र तनहँुका १ गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये म्याग्दीको रघुगंगा गाउँपालिकाकी ३३ वर्षीया महिला हुन् भने अन्य सबै १५ जना पुरुष । उनीहरु सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रवक्ताका डा. विनोदबिन्दु शर्माले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड