नीति तथा कार्यक्रमः कोरोनाविरुद्धको अभियानदेखि पहिचानका योजनामा केन्द्रित

बागलुङ । बागलुङ नगरपालिका बागलुङले आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोरोना महामारी विरुद्धको अभियानदेखि नगर पहिचानका पूर्वधारा निर्माण योजना समावेश गरिएको छ । नगर प्रमुख जनकराज पौडेलले सोमबार जारी गरेको नीति तथा कार्यक्रममा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिनका लागि, विदेशबाट आएकाहरुका लागि होल्डिङ सेन्टर, क्वारेन्टिन, आइसोलेसन कक्ष निर्माण एवं सञ्चालन, रोजगारी सिर्जना, उद्धार र राहतका कार्यक्रम संचालन गरिने उल्लेख गरिएको छ ।

नगरपालिकाले धौलागिरी अस्पतालमा अन्य स्थानीय तहसँगको सहकार्यमा पिसिआर मेसिन सहितको प्रयोगशाला स्थापना गर्ने, तेस्रो मुलुकबाट उद्धार गरी ल्याइएकालाई नगरमा व्यवस्थित होल्डिङ सेन्टर स्थापना गरी अन्तर स्थानीय तहसम्म व्यवस्थित रुपमा पु¥याउन, नगरका हरेक वडामा मापदण्ड अनुसारका क्वारेन्टीन निर्माण गरिने तथा संक्रमितको सहज उपचारका लागि आइसोलेसन कक्षको व्यवस्थापन गरिने नगर प्रमुख पौडेलको भनाई छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा बागलुङ बजार क्षेत्रको ढल निकास, वडा ४ उपल्लाचौर–नाग्लीवाङ झोलुङ्गे पुल, भेलचौर–रत्नेचौर झोलुङ्गेपुल, ऐश्वर्य पार्क, सहिद पार्क, सहरी शासकीय सुधार कार्यक्रम, उद्योग ग्रामको स्थापना, दम्कफाँट सिंचाई आयोजना, सिटी हल निर्माण, कृषि क्याम्पस सञ्चालन, मालिकालगायत संसारकोट क्षेत्रमा प्राणी उद्यान निर्माण, पैयुपाटामा नगर अस्पताल निर्माण, कृषि सित भण्डार, बृद्धाश्रम निर्माण आयोजना संचालन गर्नेछ ।

शहरी शासकीय क्षमता विकास कार्यक्रमअन्र्तगत कोभिड १९ प्रभावित आर्थिक गतिविधि उकास्न र रोजगारी सिर्जना गर्नका लागि श्रममूलक कार्यक्रम लागू गरिने तथा स्थानीय कृषकको उत्पादन बृद्धिका लागि लागत साझेदारीमा भैसी प्रवद्र्धन कार्यक्रम सञ्चालन तथा बाली विकास कार्यक्रम अन्र्तगत मकै प्रवद्र्धन कार्यक्रम अगाडि बढाइने नगर प्रमुख पौडेलको भनाई छ । उनका अनुसार कृषि भूमि बैंक स्थापना, आयआर्जनका लागि सुलभ कर्जा, कोभिड १९ को कारण समस्यामा परेका व्यवसायीले बागलुङ नगरपालिकालाई चालु आर्थिक वर्षमा तिर्नुपर्ने व्यवसायिक करमा २५ प्रतिशत छुट दिइने छ ।

नगरपालिकाले पूर्वाधार निर्माण अन्तर्गत वडा भवन नभएका ११ नम्बर. र १४ नम्बर को वडा कार्यालयको निर्माण सम्पन्न गरी ७ नम्बरं. र ९ नम्बरको वडा कार्यालय निर्माणलाई अगाडि बढाइनेछ । शहरी शासकीय क्षमता विकास कार्यक्रमअन्र्तगत बागलुङ नगरपालिकाका लागि ५६ करोड रुपैयाँ स्वीकृत भई हाल दुई करोढ पाँच लाख रुपैयाँ विनियोजन भएको छ । उक्त बजेटबाट रोजगार सृजनाका कार्यक्रम संचालन गर्ने उल्लेख छ । नगर क्षेत्रमा सडक मापदण्डलाई कडाईका साथ लागू गर्ने, शहरी मापदण्डलाई कडाईका साथ लागू गर्दै मापदण्ड विपरित बनेका संरचनाहरुलाई कानून बमोजिम कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

बागलुङलाई समेत समेट्ने दुई महत्वपूर्ण राष्ट्रिय गौरवका आयोजना पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोर लाई कालोपत्रे गर्ने कार्य सम्पन्न गर्नका लागि सहजीकरण गरिनेछ नीति तथा कार्यक्रममा समावेश गरिएको छ । आर्थिक विकास अन्तर्गत कृषि उत्पादन बृद्धि गर्न जग्गाको चाक्लाबन्दी, कृषकलाई प्रोत्साहन रकम, किसान परिचयपत्र, बाँझो जग्गा राख्नेलाई थप कर, ्रदेशस्तरीय कृषि नमूना फर्म स्थापना, सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रवद्र्धन, प्रत्येक वडामा एक उत्पादनलाई प्रमुख कृषि जोनको रुपमा विकास कार्यक्रम समावेश गरिएको छ ।

नगरपालिकाले ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने, सिंचाई सुविधा नपुगेका खेतीयोग्य जमिनमा सिंचाई सेवा उपलब्ध गराउनेगरी तथा नगर प्रमुख प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम, कोभिड १९ को प्रभावका कारण नियमित विद्यालय सञ्चालन हुन नसकेकाले रेडियो टेलिभिजन तथा अनलाइनको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गरिनेछ उल्लेख गरिएको छ । त्यस्तै पर्यटन विकास तर्फ प्रसिद्ध कालिका मन्दिर, भैरवस्थान, पञ्चकोट, शालिग्राम सङ्ग्राहलयको पर्यटन प्रवद्र्धन, भकुण्डेको संग्राहलय, भ्यूटावर लगायतका संरचनालाई व्यवस्थित गर्ने, पर्यटकीय पदमार्ग , निर्माणलाई जोड दिइने नगर प्रमुख पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ जना उम्मेदवारले एक मत पनि पाएनन्