तनहुँमा स्वास्थ्य र सुरक्षाकर्मीसहित ११ जना संक्रमित थपिए

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीसहित ११ जनामा कोरोना पुष्टि गरिएको छ । सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले आपतकालिन बैठक राख्दै गाउँपालिकाभित्र एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको बन्दिपुरगाँउपालिकाका अध्यक्ष पुर्णसिंह थापाले बताए ।

बन्दिपुर गाउँपालिकाले गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय बन्दिपुर १ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिए। यसकासाथै गाउँपालिका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैङ्क तथा वित्तीय स‌स्था २ हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा ८ जना, ऋषिङ गाउँपालिकामा ३२ जना, भानु नगरपालिकामा ४ जना, घिरिङ गाउँपालिकामा २४ जना, शुक्लागण्डकी नगरपालिकामा ५ जना, बन्दिपुर गाउँपालिकामा ११, आबुखैरेनी गाउँपालिकामा ३, भिमाद नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ १८ गते तनहुँमा पहिलो संक्रमित भेटिएका थियो । यस अवधिमा जिल्लामा संक्रमितहरुको संख्या ९० जना पुगेको छ भने ९ जना निको भएर आफनै घर फर्किएका तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड