जैकलिनले सलमानको फर्महाउस छाडिन्

मुम्बई । अभिनेत्री जैकलिन फर्नान्डिज तीन महिनापछि अभिनेता सलमान खानको फर्महाउसबाट बाहिर आएकी छन् । उनी तीन महिनादेखि मुम्बईको पानबेला स्थित फार्म हाउसमा सलमान खान र उनका परिवारसँगै थिइन् । तीन महिनाअघि उनी सो फार्महाउसमा बसेको बेला नै भारतमा लकडाउन सुरु भएको थियो ।

अभिनेत्री जैकलिन मात्र हैन, यो अवधिमा सलमानको फार्म हाउसमा सलमान आफैं त थिए नै । यस्तै उनका परिवारका सदस्यहरूसँगै अभिनेत्री जैकलिन, अर्की अभिनेत्री लुलिया बँतुर र बलुचा डिसुजा पनि थिए ।

यो तीन महिना लकडाउनमा भए पनि आफूहरूले खुब रमाईलो गरेको र सलमान तथा उनका परिवारले कहिल्यै पनि लकडाउनका कारण बन्दी भएको महसुस हुन नदिएको यी अभिनेत्रीले बताएकी छन् । यो अवधिमा फार्महाउसमा बसेर प्रकृतिसँग निकै रम्न पाएको पनि अभिनेत्री जैकलिनको कथन छ ।

सधंै छायांकन र व्यस्तताले जीवनमा फुर्सदको महत्व नै बिर्सिसकेको बेला यसपटकका लकडाउनमा फुर्सदको पूर्ण अनुभव गर्न पाएको पनि यी अभिनेत्रीको कथन छ । आफूले यो तीन महिनामा जीवनका धेरै कुरालाई सिक्न र महसुस गर्न पाएको पनि अभिनेत्री जैकलिनले बताएकी छन् ।

सलमान खानको फर्महाउसबाट मुम्बई फर्किएकी यी अभिनेत्री साथीहरूसँगै अपार्टमेन्टमा बस्न थालेकी छन् । लकडाउन खुकुलो भएसँगै उनी सलमानको फार्महाउसबाट साथीको अपार्टमेन्टमा फर्किएकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३