Sunday, May 9, 2021
Home Not-to-be-missed ‘नीरफूल’को बदनामी गीत

‘नीरफूल’को बदनामी गीत

,

काठमाडौं । प्रणय उत्सवको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो ।

गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ । यो गीतको सँगीत अर्जुन पोखरेलले गरेका हुन् । दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान वल आफैंले लेखेका हुन् ।

चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ । यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ । आईटम गीत भन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक वलले जानकारी गराएका छन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी

काठमाडाैं ।  मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि...

वीरगन्ज महानगरकी उपप्रमुख कार्की संक्रमित

वीरगन्ज । साढे ६ घण्टामा ४ जनाको निधन भई मृत्युदर तीव्र बन्न थालेको पर्सामा नयाँ संक्रमित थपिने क्रम पनि उत्तिकै बढ्दो दरमा छ ।...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

ट्रेन्डिङ

‘साम्राज्ञीलाई खानापानमा विभेद गरेको छैन’

काठमाडौं । अभिनेता भुवन केसी निर्मित चलचित्र ड्रिम्सको छायांकनमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समयमा खान नपाएको, आफूलाई सेटमा छाता र कुर्सी नदिएको जस्ता विभिन्न...

भ्रष्टाचार न्यूनीकरणमा पलाएको आशा

हाम्रो मुलुकको शासन प्रशासनमा सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । सोही आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणले...

भक्तपुरमा घरको दोस्रो तल्लाबाट खसेर एकको मृत्यु

भक्तपुर । जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं ६ ठिमी कुण्डोलमा ठाकुर अधिकारीले बनाउदै गरेको पक्की घरको दोस्रो तलाबाट लडेर एक जनाको मृत्यु...

संकट र सरकार

गत ८ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७...

के तपाईं भोकै हुनुहुन्छ ? पिर नमान्नुस्,खाना घरमै आउछ

पाेखरा । कोभिड–१९ को महामारीसँगै लकडाउन जारी रहेको अवस्थामा यहाँको एक संस्थाले भोका विपन्न मजदूरका लागि निःशुल्क भोजन सेवा उपलब्ध गराएको छ ।...

निर्देशक लामालाई सम्झियो निर्देशक समाजले

काठमाडौं । चलचित्र आदर्श नारीका निर्देशक हेमबहादुर लामा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डमा आफ्नो १३औं...

थप १०८ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किए

  काठमाडौं । बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार...

आइतबारदेखि काठमाडौंमा सरकारी कार्यालय सञ्चालन हुने

काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालय सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी...

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

काठमाडौंँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि आज बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का...

तनहुँमा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला...

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ...

तनहुँमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु

तनहुँ । जिल्लास्थित आँबुखैरेनी गाँउपालिका-२ ऐना पहरा भन्ने स्थान सोमबार बिहान ७:२५ बजेको समयमा पृथ्वी राजमार्गबाट करिब २५ मिटर तल सिमेन्ट बोकेको ट्रक अचानक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)