तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने आधार तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिजुली भारत हुँदै तेस्रो मुलुकमा निर्यात गर्न आधार तयार भएको बताएका छन् । आफूले सत्ता सञ्चालन गरेको दुईवर्षमा जलविद्युत् क्षेत्रमा विकासको आधार खडा गरेको उनले बताएका हुन् ।

विद्युत उत्पादन सुरु गरेको झन्डै सय वर्षसम्म पनि ५ सय मेगावाटमै सीमित रहेको विद्युत् उत्पादन हाल १ हजार २८६.६१ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताएका छन् । उनले भने, ‘जलस्रोतमा धनी तथा दक्षिण एसियामा बिजुली उत्पादन गर्ने पहिलो मुलुक हुँदाहुँदै पनि केही समयअघिसम्म हामी दिनको १८ घण्टासम्म लोडसेडिङ भोग्न बाध्य थियौं ।’ अहिले लोडसेडिङको पूर्ण अन्त्य मात्र होइन, भारतमा विद्युत् बिक्री गर्न थालिएको बताएका छन् । निकट भविष्यमा नेपाली बिजुली भारत हुँदै तेस्रो मुलुकतिर निर्यात गर्न आधार तयार भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘बिजुलीको पर्याप्त उपलब्धता भएसँगै ८८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच र प्रतिव्यक्ति विद्युत् खपत २ सय ४५ किलोवाट घण्टा पुगेको छ ।’ २२.९ प्रतिशतमा रहेको विद्युत् चुहावटलाई १५.५ प्रतिशतमा झारिएको छ । दियालो÷दियो हुँदै मट्टितेलको प्रयोगबाट बल्ने बत्तीको युग अब सदाका लागि अन्त्य हुन लागेको ओलीले बताए ।

जलविद्युत् आयोजनासँगै प्रसारणलाइन निर्माण तीव्र गतिमा अघि बढाएको प्रधानमन्त्री ओलीले बताए । यसअन्र्तगत गल्छी–रसुवागढी–केरुङ ४ सय केभी क्षमताको अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको प्रक्रिया सुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन चाइनाबीच सम्झौता भएर आआफ्नो भूभागमा पर्ने खण्डको सर्भेक्षण कार्य सुरु गरिएको छ ।

तेस्रो मुलुकमा विद्यु्त व्यापारका लागि नेपाल–भारत सीमादेखि भारतको गोरखपुरसम्मको १ सय २० किलोमिटर लम्बाइको ४ सय केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ । प्रसारण लाइन नेपाल विद्युत् प्राधिकरण र भारतको पावरग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ५०–५० प्रतिशत सेयर पुँजी रहनेगरी संयुक्त स्वामित्वको कम्पनी स्थापना गर्न दुई देशबीच सहमति भएको ओलीले बताए । उनले भने, ‘यसबाट नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेश तथा अन्य मुलुकमा गर्न सकिनेछ, भने नेपाल र चीनबीच पनि ऊर्जा सहमति र सहकार्यको सम्झौता सम्पन्न भएको छ ।’

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनको भारतका प्रधानमन्त्रीसँग संयुक्त रूपमा उद्घाटन गरेर सञ्चालनमा आएपछि विद्युत् आयात निर्यातको ढोका खुलिसकेको प्रधानमन्त्री ओलीले बताए । साथै, एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली–हेडौंडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सबस्टेसन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महŒवको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोसेढुंगा साबित हुने ओलीले दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित