Thursday, July 29, 2021
Homeप्रदेशप्रदेश १विराटनगरमा फेरि १४ दिन लकडाउनको घोषणा

विराटनगरमा फेरि १४ दिन लकडाउनको घोषणा

,
sharethis

मोरङ । विराटनगर महानगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) बाट संक्रमितको संख्या एक सय नाघेको छ । शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीकाअनुसार शुक्रबार विराटनगर–५ का २ जना, विराटनगर–२ का २ जना, ६ का १ जना, ११ का २ जना, १२ का २ जना १७का २ जना र अन्य १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकाले १४ दिने लकडाउनको घोषणा गरेको छ । महानगरमा शुक्रबार राति १२ बजेदेखि दुई सातासम्मका लागि लकडाउन गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

महानगरपालिकाले यसअघि नै लकडाउन गर्न जोड गरेपनिप्रदेश सरकारले अनुमति नदिएको आरोप लगाउँदै आएको थियो । शुक्रबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले कोरोना रोकथामका लागि प्रदेश सरकारले स्थानीयतहरुलाई आवश्यकता अनुसार कदम चाल्न सक्ने गरी बाटो खोलिदिए पछि महानगरले लकडाउनको घोषणा गरेको हो ।

सामाजिक विकास मन्त्रीजीवन घिमिरेले परिस्थितिको विश्लेषण गरी स्थानीयतहहरु आफैंले लकडाउन गर्नसक्ने बताएका छन् । महानगरमा कन्ट्याक्ट ट्रेसिङका क्रममा यात्रा विवरण नखुलेका संक्रमित भेटिएपछि संक्रमण समुदायस्तरमा फैलिएको अनुमान गरिएको छ ।

(Visited 188 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण...

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१...

नेपालमा विकासका प्रमुख चार सूत्र

नेपालको राजनीतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्नेहुन्छ । हामी दुई जना मिलेर ७७ वटै जिल्लामा...

मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर प्रभावितले नै भर्न पाएनन्

  सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुवासी र आयोजना प्रभावितहरुका लागि खुला गरेको शेयर आयोजना प्रभावितले नै भर्न नपाएपछि स्थानीय सरकारले आयोजनासँग प्रभावितहरुलाई शेयरबाट बञ्चित...

साताका लोकप्रिय समाचार

छोरा, छोरी र आमाको शव पोखरीमा

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी...

छोराको कुटाइबाट बाबुको मृत्यु

  इलाम ।  इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान...

दक्षिण कोरियामा कोरोनाको चौथो वेभ सुरु, संक्रमित बढ्दै

  सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको...

राष्ट्रपतिद्वारा दुई जनालाई प्रदेश प्रमुख नियुक्त

  काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई र लुम्बिनी...

‘यो मायाको सागर’ ले यसरी गर्यो १२ भन्दा बढी युवतीको मानमर्दन

खोटाङ । पछिल्लो समय खोटाङमा नक्कली फेसबुक आइडीबाट युवतीको मानमर्दन हुने गरेको पाइएको छ । ‘यो मायाको सागर’ नामक नक्कली फेसबुक आइडीबाट आएको फ्रेण्ड...

ट्रेन्डिङ

मागअनुसार विपद् कोषमा रु १५ लाखसम्म पठाइने

काठमाडौँ । शीतलहर, हिमपात तथा चिसोको जोखिम र प्रभाव न्यूनीकरण गर्न केन्द्रीय विपद् व्यवस्थापन समितिले यस वर्ष जिल्लामा तत्कालका लागि रु पाँचदेखि रु १५...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)