एजेन्सी । मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत एकपछि अर्को विवादलमा फस्दै गएकी छन् । एउटा विवादका कारण गत साता आफ्नो मुम्बईको अफिस गुमाएकी यी नायिका यतिबेला फेरि अर्को विवादमा छिन् । यी नायिकाविरुद्ध यतिबेला किसानले मुद्दा दायर गरेका छन् ।

किसानले गरेको आन्दोलनविरुद्ध अभिनेत्री कंगनाले ट्वीट गर्दै त्यसको विरोध गरेकी थिइन् । सो विरोधकोविरुद्ध कर्नाटकका किसानहरूले उनीविरुद्ध त्यहाँको तुमकुर जेएमएफसी अदालतमा मुद्दा दायर गरेका छन् ।

अभिनेत्री कंगनाले कृषिसम्बन्धी विधेयकको विरोध गर्दै सो विधेयक पारित गराउनका लागि आन्दोलनमा उत्रिएका किसानलाई आतंककारीको उपमा दिएकी थिइन् । यसरी आफूहरूलाई आतंककारी भनेको र आफूहरूको अधिकारलाई मध्यनजर राख्दै नयाँ विधेयकको पक्षमा सडकमा माग उठाउँदा अभिनेत्री कंगनाले कसैको इसारामा आफूहरूलाई कमजोर तुल्याउन खोजेको किसानको भनाइ छ । उनीहरूले पाँच वटा फरकफरक धाराको आधारमा कंगनाविरुद्ध मुद्दा दायर गरेका हुन् । सो मुद्दाको ’boutमा अहिलेसम्म कंगनाले आधिकारिक धारणा राखेकी छैनन् । उनका वकिलले सो विषयमा अहिले बुझ्ने कार्य भइरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीमाथि काठमाडौं गोर्खाजको शानदार जीत