Saturday, October 24, 2020
Home Breaking News उपत्यका प्रहरी अब संघ मातहत

उपत्यका प्रहरी अब संघ मातहत

महेश्वर गौतम
काठमाडौं । लामो समयदेखि किचलो रहेको उपत्यका प्रहरी केन्द्र कि प्रदेश मातहत भन्ने विषय अब टुंगिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश प्रमाणीकरण गरेसँगै सो विवाद टुंगिएको हो । सो अध्यादेशमा उपत्यका प्रहरीलाई संघ मातहत राख्ने व्यवस्था गरिएको छ ।

गत १४ साउनमा प्रधानमन्त्री केपी ओली र सातै प्रदेशका गृहमन्त्रीहरूबीच उपत्यका प्रहरीलाई केन्द्र मातहत राख्ने विषयमा सहमति जुटेको थियो । सोहीअनुसार मन्त्रिपरिषद्ले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपतिद्वारा जारीे अध्यादेशमा उपत्यका प्रहरी केन्द्र मातहत नै रहने व्यवस्था गरिएको हो । अध्यादेश जारी भएपछि अब प्रदेशमा प्रहरीलाई समायोजन गर्ने बाटोसमेत खुलेको छ ।

संघ र प्रदेश प्रहरीबीचको अधिकार बाँडफाँट गर्ने सम्बन्धमा २०७६ मा बनेको ऐनमा भने उपत्यकालाई प्रदेश ३ अन्तर्गत राख्ने निर्णय भएपछि विवाद बढेको थियो ।

– प्रहरी समायोजनको बाटो खुल्यो
– एसपीसम्मको सरुवा अधिकार प्रदेशलाई
– समायोजन खाका मन्त्रिपरिषद्मा

काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्था हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीले हेर्दै आइरहेको छ । अध्यादेशअनुसार अब सो प्रहरी कार्यालयको नाम ‘संघीय राजधानी प्रहरी कार्यालय’ हुनेछ । त्यसको नेतृत्व भने डीआईजीले नै गर्नेछन् ।

यसैगरी, उपत्यकामा ठूला अपराधजन्य घटना हेर्दै आइरहेको प्रहरीको एकाइ अपराध अनुसन्धान महाशाखा पनि केन्द्र मातहत नै हुनेछ । सो महाशाखाको नामसमेत अब ‘संघीय राजधानी अपराध महाशाखा’ हुनेछ ।

यस्तै, महानगरीय प्रहरी परिसरको अवधारणामा रहेको जिल्ला प्रहरी कार्यालयको नामसमेत परिवर्तन हुनेछ भने वृत्तहरूको पनि नयाँ स्वरूपमा नामकरण हुनेछ ।

संशोधित अध्यादेशले प्रहरी उपरीक्षक (एसपी) सम्मको सरुवा अधिकार प्रदेश सरकारलाई दिएको छ । अहिले धेरैजसो जिल्लाको नेतृत्व प्रहरी उपरीक्षकले नै गर्दै आइरहेका छन् । अध्यादेशअनुसार अब जिल्लाको नेतृत्वको सरुवा प्रदेशकै निर्णयअनुसार प्रदेश क्षेत्रभित्र हुनेछ । यसअघि प्रदेशलाई डीआईजीसम्मको सरुवा अधिकार माग भएको थियो । प्रदेश प्रहरीको नेतृत्व भने डीआईजीले गर्नेछन् ।

प्रदेश १ मा १० हजार ७ सय १७ प्रहरी रहनेछन् । हाल भने प्रदेश १ मा ११ हजार ६ सय ९९ प्रहरीको दरबन्दी छ । समायोजन हुँदा त्यहाँ संख्या घट्नेछ ।

गृह मन्त्रालयले प्रहरी समायोजनको खाका मन्त्रिपरिषद्मा पठाइसकेको जनाएको छ । गृहका अधिकारीका अनुसार अब सो खाका मन्त्रिपरिषद्बाट पारित भएपछि प्रहरी समायोजनको प्रक्रिया अघि बढ्नेछ ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

गृहले पठाएको खाकामा समायोजनका लागि ज्येष्ठता, गृह जिल्ला, इच्छुक संख्या र एक वर्षभन्दा बढी सो प्रदेशमा काम गरेकोसहित ६ आधारमा समायोजन हुने उल्लेख छ ।

गृहले तयार गरेको प्रहरी समायोजन खाकाअनुसार समायोजन गर्दा सबैभन्दा धेरै प्रहरी प्रदेश १ मा र सबैभन्दा कम संख्या कर्णालीमा रहने उल्लेख छ ।

यस्तै, केन्द्रमा २४ हजार ४ सय दरबन्दी रहनेछ । प्रदेश १ र कर्णाली प्रदेशमा भने समायोजन हुँदा हाल रहेका दरबन्दीसमेत कटौती हुने गृहको प्रस्ताव छ ।

स्रोतका अनुसार प्रदेश १ मा १० हजार ७ सय १७ प्रहरी रहनेछन् । हाल भने प्रदेश १ मा ११ हजार ६ सय ९९ प्रहरीको दरबन्दी छ । समायोजन हुँदा त्यहाँ संख्या घट्नेछ ।

यस्तै, प्रदेश २ मा ९ हजार १ सय ५२, बाग्मती प्रदेश (उपत्यकाबाहेक)मा ७ हजार ७ सय २७, गण्डकीमा ६ हजार ७ सय ४५, प्रदेश ५ मा ९ हजार ४ सय ४३, कर्णाली प्रदेशमा ५ हजार ४ सय ५८ प्रहरी संख्या रहनेछ । हाल कर्णाली प्रदेशमा ६ हजार १ सय ११ जनाको दरबन्दी छ । यस्तै, सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी प्रस्तावित छ । हाल नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४२ छ ।

गृहले मन्त्रिपरिषद्मा पठाएको समायोजन प्रतिवेदनअुनसार प्रदेशमा रहेका ट्राफिक प्रहरी कार्यालय पनि केन्द्र मातहत नै रहनेछन् । हाल प्रदेशमा एसपीको नेतृत्वमा ट्राफिक प्रहरी छ । जिल्लास्थित ट्राफिक कार्यालयहरू भने प्रदेश प्रहरीकै मातहत रहनेछन् ।

(Visited 591 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

एकैपटक चार खेलाडीको सम्झौता

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा हंगेरियन क्लब फेरेन्कभारोसमाथि ५–१ को सहज जित पाएको खेलपछि आफ्ना चार स्टार खेलाडीको...

रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीले ब्रिटिस काउन्सिल नेपालद्वारा आयोजित पूर्ण अन्तर्राष्ट्रिय स्कुल अवार्ड जित्न सफल भएको छ । साथै अर्को विधा ‘उत्कृष्ट...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका...

थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक...

ट्रेन्डिङ

भावनात्मक एकता हाम्रो सर्वोच्च शक्ति

वैचारिक आस्था, पारस्परिक स्वार्थ र आपसी प्रतिस्पर्धाले अनेकौं समूहमा विखण्डित भए पनि राष्ट्रियताको सवालमा भने नेपाली सधैं एकजुट बन्दै आएका छन् । यो हाम्रो...

युगाण्डाका लागि महाबाणिज्यदूतमा सुधिर रुपारेलियाद्धारा ओहदाको प्रमाणपत्र पेश

कम्पाला, युगाण्डा । युगाण्डाले पहिलाेपटक नेपाली बाणिज्यदूतबास पाएकाे छ । युगाण्डासँग दाैत्यसम्वन्ध शुरू भएकाे ३ वर्षपछि युगाण्डामा वाणिज्यदुतकाे कार्यायलयसमेत विधिवत उद्घाटन भएको छ ।...

महोत्तरीमा चट्याङ लागेर एकको मृत्यु

जलेश्वर । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा...

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार भेटघाट गरिरहेका बेला ह्वाइट हाउस अगाडि गोली चल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार भेटघाट गरिरहेको बेला राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि गोली चलेको छ । गोली चलेको जानकारीपछि केहीबेर पत्रकार...

बर्दियामा ६ जना कोरोना संक्रमित थपिए

बर्दिया । बर्दियामा शनिबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

बाजुराको क्वारेन्टिनमा तुलसाले जन्माइन् छोरी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले शुक्रबार राति बच्चा जन्माएकी छन् । सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

अग्रिम टिकट नखुले पनि समस्या भएन

काठमाडौँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट...

नवनियुक्त बोर्ड सदस्यद्वारा शपथग्रहण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपमा सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा...

५१ व्यापारिक फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)