Saturday, March 6, 2021
Home राजनीति प्रचण्डका सम्बोधन पुस्तकमा संग्रहित

प्रचण्डका सम्बोधन पुस्तकमा संग्रहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त बिचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो ।

जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा पाइन्छ ।

पुस्तकमा प्रधानमन्त्रीत्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधनहरु समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ । पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

यो पनि पढ्नुहोस   काग्रेस अझै अनिर्णीत

नेपालको जनयुद्ध र त्यसले ल्याएका सकारात्मक परिणाम नै अहिले संविधानमा लिपिबद्ध गरिएका विषयवस्तु हुन् । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक प्रतिनिधित्व र समावेशीतालगायतका उपलब्धि जनयुद्धको जगमै प्राप्त भएका हुन् । जनयुद्धको सकारात्मक प्रयासका विषयमा अध्ययन तथा अनुसन्धानका लागि प्रस्तुत पुस्तकले ज्ञान दिनेछ । बर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि प्रस्तुत पुस्तकले महत्वपूण सामाग्री प्रदान गर्ने छ ।

माओवादी आन्दोलनले उठाएका एजेन्डा र ती एजेन्डालाई संस्थागत गर्न चाहनेका लागि प्रस्तुत पुस्तकले अध्ययन–अनुसन्धानका लागि ढोका खोलिदिन सक्छ । एउटा क्रान्तिकारी नेताले सरकारको नेतृत्वमा पुगेर लिएका निर्णय, दिएका अभिव्यक्ति, अगाडि सारिएका योजना, कार्यान्वयन गर्ने अग्रसरता, शान्ति, संविधान र समृद्धिका लागि नेतृत्वमा देखिएको हुटहुटी प्रस्तुत पुस्तकमा पढ्न पाइन्छ । पुस्तकमा ४०४ पृष्ठहरु रहेका छन् भने मूल्य रु. ७५० राखेको छ ।

(Visited 121 times, 1 visits today)
Loading comments...

आजको समाचार

सातामा ६ अर्बले कारोबार घट्दा बजार पुँजीकरण ५६ अर्बले घट्यो

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) कारोबार रकम र बजार पुँजीकरण दुबै घटेका छन् । गत साताको तुलनामा करोबार रकम ६ अर्बले...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घट्यो

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय २५ डलरले घटेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा नेपालीको वार्षिक प्रतिव्यक्ति आय ११ सय ३४...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

साताका लोकप्रिय समाचार

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवा, प्रवक्तामा दाहाल

काठमाडौं । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर भएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयभन्दा बाहिरबाट पनि...

लोकतन्त्र र संविधान रक्षाका लागि बुद्धिजीवी पेसाकर्मी

बुद्धिजीवी एवं पेसाकर्मीहरू समाजको चेतनाका वाहक हुन् । उनीहरू समाजलाई सही बाटो देखाउने अग्रदूत पनि हुन । बुद्धिजीवी जो मानसिक श्रम गरेर जीविकोपार्जन गर्दछन,...

पुस्तक अंश : कमरेड, २५ गते रातभर दुश्मनलाई ब्लक गरौं

प्रिय कमरेड परिवर्तन जी क्रान्तिकारी लाल सलाम । आराम छु आरामै चाहन्छु । विशेष कुरा के छ भने, नेपाली क्रान्ति रणनैतिक प्रत्याक्रमणको चरणमा पुग्दा फौजी हिसावले...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

ट्रेन्डिङ

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण...

निषेधाज्ञामा नरोकिएका सिर्जनशील हातहरु (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा सुरु भएको आज चार दिन पुरा भयो । कलकारखाना ठप्प छ । अत्यावश्यक भनिएका खाद्यान्ह र औषधी दोकानदारले समेत पसल...

काठेखोलामा रोजगार गुमाएकाहरुको अनलाइन तथ्याङ्क संकलन

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणको कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका नागरिकको अनलाइन तथ्याङ्क संकलन सुरु गरेको छ । आगमी आर्थिक वर्षको लागि...

सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएका तीनमध्ये दुईमा कोरोना संक्रमण पुष्टि, एकको रिपोर्ट आउन बाँकी

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

बस्तिलाई अघोषित नाकाबन्दी गरेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सप्तरी, राजविराज । सप्तरीको तिरहुत गाउँपालिका ४ दलित बस्तीका बासिन्दाहरुले आफूहरु विगत २४ दिनदेखी अघोषित नाकाबन्दीमा परेको भन्दै न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानवअधिकार...

प्याजमा एकै दिन किलोमा १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले...

अमेरिकामा कोरोना संक्रमणबाट २ लाखको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् । विगत...

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

दोस्रो चरणको खोप यी १५ अस्पतालबाट लगाउन सकिन्छ

काठमाडौं । काठमाडौँ महानगरपालिकामा यही फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ । यस चरणमा ५५...

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

पशुपतिमा विशेष पूजा फागुन २५ देखि

काठमाडौं । पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै...

नख्खुमा जीपको ठक्करबाट क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

काठमाडौं । ललितपुरको नख्खुमा क्याम्पस जाँदै गरेकी एक छात्राको आज विहान जीपको ठक्करबाट मृत्यु भएको छ । बिहान पौने ६ बजे स १ ज...

भर्खरै

पतौरा मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराएरै छाड्ने मेयर साहको संकल्प

गौर । मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्वकि महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउने बताएकी छिन् । ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक...

दाहाल संसदीय दलको नेता चयन

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले पार्टी अध्यक्ष ‘प्रचण्ड’लार्ई संसदीय दलको नेता चयन गरेको...

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा...

तालबाराही मन्दिरमा प्रभु बैंकको क्यूआर कोड

पोखरा । प्रभु बैंक लिमिटेडले ताल बाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज शुक्रबार एक...

धेरै पढिएका

मुस्कान खातुनलाई अमेरिकाको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । तेजाब हमला...

दर्जनौं फिल्म पाइरेसीको आरोपमा परियार पक्राउ

काठमाडौं । डिजिटल प्लेटफर्ममार्फत नेपाली चलचित्रलाई पाइरेसी गरेर विभिन्न समूह तथा व्यक्तिलाई प्रत्यक्ष बिक्री वितरण गरेको आरोपमा लमजुङ, बेंसीसहरका सुजन परियार पक्राउ परेका छन्...

म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८...

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल

काठमाडौं । यो वर्षको मिस ब्युटिफुल नेपालको उपाधि पूर्णिमा क्षत्रीले र मिसेस ब्युटिफुल नेपालको उपाधि पवित्रा वञ्जारा जितेका छन् । दक्ष इन्टरनेसनल प्रालिले राजधानीमा...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)