मस्को । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी ११ नोभेम्बरमा लिलाम प्रक्रियामार्फत बेचिने भएको छ । रुसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स र नोबल ज्वेल्सले यस’bout सञ्चार माध्यमलाई स्थानीय समयअनुसार सोमबार जानकारी गराएका हुन् ।
‘गुलाबको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त १४.८३ क्यारेटको हिराको मूल्य २ करोड ३० लाखदेखि ३ करोड ८० लाख अमेरिकी डलर पर्ने अनुमान गरिएको अमेरिकी पाक्षिक पत्रिका फोब्र्सले जनाएको छ । लिलामीका लागि राखिएको उक्त रत्न विश्वभर पाइने अन्य बहुमूल्य धातुको दुई प्रतिशत मात्रै रहेको अनुमान गरिएको छ ।
‘यो बिक्री एलोरोसा र सोथेबीबीच लामो समयसम्मको सम्बन्धको परिणाम हो, यस उत्कृष्ट धातुका ’boutमा धेरै महिनासम्म छलफल भएको थियो र छलफलले यसलाई बिक्रीका लागि प्रस्ताव गर्ने उत्तम तरिका भएको निष्कर्ष निकालेको थियो,’ विशेषज्ञ र सोथेबीको ज्वेलरी विभागका निर्देशक तथा ज्वेल्स बिक्री प्रमुख बेनोइट रिपेलिनलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गोलाकार आकारको उक्त मणि २७.८५ क्यारेटको स्पष्ट गुलाबी डायमण्डले बनेको छ । रुसको उत्तरी–पूर्वी शाखा गणतन्त्रमा रुसी खनिज कम्पनी अलरोसाको स्वामित्वमा रहेको खानीमा भेटिएको थियो । हिरालाई सेर्गेई डायागिलेभले निर्माण गरेपछि ‘द स्पिरिट अफ द रोज’ नाम दिइएको थियो भने सन् १९११ को अप्रिल १९ मा पहिलोपटक सार्वजनिक गरिएको थियो ।






