अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन् ।

बेलौती खान जाँदा अरिंगालको टोकाईबाट बालिकाका घाईते भएकी थिईन । प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा उपचार गर्दा गर्दै बालिकाको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले जनाएको छ । बालिका श्री कृष्ण उमावि कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।

बालिकाकासँगै आमा बेलधरा विक, मृतकका भाई खेमराज, अनितालाई समेत टोकेको मृतक काका गगनबहादुर विकले बताए । खेमराज, अनिता, बेलधराको उपचारपछि सञ्चो भई घर फर्किएका छन् । ‘मृतक मैन विकको दाहसंस्कारको लागि आर्यघाटमा लिन तयारी भईरहेको छ, उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)

epaper

ताजा समाचार

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर