Thursday, November 19, 2020
Home Not-to-be-missed दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

‘हामी घर जाँदैनौं किनकि घरमा आमा हुनुहुन्छ र यसपालि हामी यसैमा खुसी छौं । विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस्,’ डा. रमेश कोइरालाले घटस्थापनाको दिन ट्वीटरमा लेखे ।

‘हामी यसपालि दसैंमा घर जान्नौं र यसैमा खुसी छौं’ आशयको यो शुभकामना शताब्दीकै अनौठो लाग्न सक्छ धेरैलाई । दसैं मात्रै एउटा यस्तो पर्व हो, जुन पर्वले विभिन्न स्थानमा छरिएका परिवारका सदस्यलाई एक दिन भए पनि एक ठाउँमा जम्मा गराउँछ । त्यही कारण दसैं सांस्कृतिक पर्व भएको छ ।

मानौं, कसैको परिवारका सदस्यबीच आपसी वैमनस्य छ । सम्पत्ति भागबन्डा, सम्बन्धमा आएका उतारचढाव वा अन्य कारणले पारिवारिक बेमेलको स्थिति भए पनि दसैंमा भेटघाट गर्ने परम्परा छ । यतिसम्म कि– कसैको बा र छोरा वा दाजुभाइबीच बोलचाल छैन, अन्य समयमा भेट हुँदा पनि बोल्दैनन् । तर, दसैंमा नबोली नबोली भए पनि आफूभन्दा ठूलाबाट टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।

यसपालि इतिहासकै फरक दसैं हुनेछ, असाध्यै सुमधुर सम्बन्ध भएकाहरू पनि टाढै बस्नुपर्ने र कुराकानी गरेरै शुभकामना लिनु–दिनुपर्ने बाध्यता छ । छिन्नभिन्न परिवारका सदस्य मात्रै होइन, टाढा रहेका आफन्तहरूबीच भेटघाट गराउने पर्व पनि हो दसैं ।

अहिले विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले पहिलो पटक नेपाली समाजलाई एकजुट हुनबाट रोेकेको छ । किनकि यो भाइरस एकबाट अर्कोमा सजिलै सर्न सक्छ । संक्रमण भएपछि बालक, वृद्ध र अन्य रोगीलाई मृत्युकै मुखमा पु-याउन सक्ने भएकाले हुन सक्छ डा. कोइराला लेख्छन्, ‘विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस् ।’

यो भाइरस आफैंमा यति खतरनाक छ, कतिपयलाई लक्षणै देखिन्छ । त्यसकारण स्वस्थ अनुभूति गर्ने व्यक्तिले समेत आफन्तलाई भेट्नुअघि सोच्न बाध्य हुनुपर्ने स्थिति छ ।

काठमाडौंबाट बाहिरिनेहरूको भीड विभिन्न बस काउन्टरमा थामिनसक्नुहुन्थ्यो भने एयरलाइन्स कम्पनीका टिकट बिक्रीकर्ताले साताअघि नै टिकट सकिएको नोटिस टाँस्थे । यसपालि ती सबै अवसर गुमे

शुभकामनाको भाका फेरियो

नवरात्र सुरु भएपछि विजयादशमीको शुभकामना आदानप्रदान गर्नु पुरानो प्रचलन हो हाम्रो । राजनीतिक दलका शीर्ष नेता, पार्टीका भ्रातृ संगठन र व्यापरिक प्रतिष्ठानले आकर्षक शुभकामना कार्ड बनाएर शुभेच्छुकहरूमा पु-याउने परम्परा निकै वर्ष चल्यो । जब फेसबुक, ट्वीटरमा सर्वसाधारण रमाउन थाले, कार्ड छाप्ने र बाँड्ने प्रचलनमा कमी आयो । अहिले प्रायःले आकर्षक डिजाइनको शुभकामना कार्ड बनाएर सामाजिक सञ्जालमै पोस्ट गर्छन् ।

यसपालि पनि आकर्षक डिजाइन गरेर साथीभाइ र आफन्तलाई शुभकामना दिने क्रम जारी छ । तर, शुभकामना सन्देश लेख्ने भाका भने फेरिएको छ । ‘म पनि तपाईंको घर आउँदिन, तपाईं पनि मेरो घरमा नआउनुस्’ आशयका शब्दहरू अचेल धेरैको फेसबुक तथा ट्वीटर वालमा देखिन्छ ।

छैन उत्साह

सरकारी एवं निजी कार्यालयमा काम गर्नेहरूले दसैमै हो, सबैभन्दा लामो छुट्टी पाउने । दसैं सुरु हुनु दुई साताअघिदेखि नै मान्छेहरू क्यालेन्डर हेर्दै घर जाने र फर्किने सूची बनाउँथे । सीमित बिदा दिने कार्यालयमा काम गर्ने कर्मचारीको सेड्युल मिलाउनै दुई चारवटा त मिटिङ गर्नुपथ्र्यो । छुट्टीमा घर जान बिदा पाएका कर्मचारी दिन गनेर बस्थे । लामो समय लकडाउन भोगेकाले यसपालि बिदा कहिले पाइएला भन्दै उत्साहित हुनेहरूको संख्या असाध्यै न्यून छ ।

यो पनि पढ्नुहोस   चित्रगुप्तको हातमा राखिएको कलम ८५ हजारमा लिलामी

काठमाडौंबाट बाहिरिनेहरूको भीड विभिन्न बस काउन्टरमा थामिनसक्नुहुन्थ्यो भने एयरलाइन्स कम्पनीका टिकट बिक्रीकर्ताले साताअघि नै टिकट सकिएको नोटिस टाँस्थे । यसपालि ती सबै अवसर गुमे ।

गाउँ पनि सुनसान

दसैंका रौनकले सहरलाई खास छुन्न । कंक्रिटको सञ्जाल धेरै भएकाले होला, काठमाडौंमा टोलटोलमा मान्छे भेटिन्छन् तर समाज भेटिँदैन । कतिपय टोलमा महिनामा एक दिन आफैं सडक बढार्ने, घरमा पालेका कुकुरलाई जथाभावी दिसापिसाब नगराउने, ढल, खानेपानीका विषयमा छलफल गर्ने भन्दै विभिन्न समूह बनाइन्छ । ती समूहमा विभिन्न स्थानबाट आएर एउटा टोलमा घर बनाएकाहरू समेटिएका हुन्छन् । केही समय समूहमा छलफल गरेर छुट्टिएपछि सम्बन्ध पनि त्यही टुंगिन्छ । ती समूहमा हुने कुराकानी, छलफल र काम गर्ने शैली हेर्दा लाग्छ– जबर्जस्ती बनाउन खोजिएको सम्बन्धले लय समाउनै नपाई पूर्णविरामको यात्रा तय गर्छ । यति हुँदा हुँदै पनि केही व्यक्तिलाई एकै ठाउँमा भेटघाट गराउने र छलफल गराउने मेसो मिलेको थियो ।

यसपालि गाउँलाई पनि हार्दिकताविहीन बनाइदियो । कोरोना संत्रासले मान्छे बिरामी पर्दा पनि भेटघाट बन्द गर्नुपर्ने बाध्यता आइलागेको छ । प्रायः साँझ परेपछि लगाउने तगारो अहिले दिउँसै लगाउँछन् गाउँका मान्छेहरू

कोरोना संक्रमणको कारण भेटघाट त बन्द भयो नै । छिमेकीका घरमा कोरोना संक्रमित भयो रे भन्ने सुनेकै भरमा वल्लोपल्लो घरमा ओहोरदोहोर गर्दा डब्बल मास्क प्रयोग गर्न थालिएको छ । आशंकित संक्रमितको परिवारसँग बाटोमा भेट भयो भने पनि परैबाट ‘साइड’ लाग्ने गरिएको छ ।

गाउँमा अझै हार्दिकता बाँकी छ । सायद गाउँको माटो, पानी र बोट बिरुवा गाउँको भन्दा फरक छ । यसकारण कसैको घरमा कोही बिरामी पर्दा मात्रै होइन, गाईभैंसी वा अन्य पशुचौपायामा समस्या आउँदा पनि आँगनमै जम्मा भएर सरसहयोग गर्ने चलन छ । यसपालि गाउँलाई पनि हार्दिकताविहीन बनाइदियो । कोरोना संत्रासले मान्छे बिरामी पर्दा पनि भेटघाट बन्द गर्नुपर्ने बाध्यता आइलागेको छ । प्रायः साँझ परेपछि लगाउने तगारो अहिले दिउँसै लगाउँछन् गाउँका मान्छेहरू ।

पिङ नहाली दसैं आयो

रोटे र जाँते पिङको चलन त धेरै ठाउँमा हराइसक्यो । चौतारो वा भन्ज्याङमा हुर्किएको ठूलो रुखमा डोरीको पिङ हाल्ने पुरानो चलन हो । यसपालि पिङ पनि हाल्न पाइनेछैन । स्थानीय प्रशासनले भीडभाड नगर्न अपिल गरेसँगै पिङमा रमाउनेहरू समेत पिङ हालेर भीडभाड गर्न नहुने पक्षमा छन् ।

(Visited 228 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

निर्जनको ‘अर्थ’मा तन्नेरीका सपना

काठमाडौं । -याप शैलीप्रति नेपाली युवाको आकर्षण पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वदेशमै बस्ने केही युवाहरुले -यापकै करिअर खोजिरहेका छन् । अध्ययन र...

नेपालीपनको समाजवाद !

सबै मिलेर परिश्रम गर्ने तथा उपभोग्य वस्तुमा साझा अधिकार स्थापित हुने मान्यतालाई सरल अर्थमा समाजवाद भनिन्छ । उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्दै ‘सबैलाई...

एनएनआईपीएसँग जोडियो स्काइ ब्रान्ड

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आयोजना गर्ने स्पोर्टस अवाडमा ब्रान्ड स्काइ जोडिएको छ । अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ...

सप्तरीमा पटाका पड्काउँदा आगलागी, ७ घर जलेर नष्ट

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको मुखिया टोलमा विहिबार दिउँसो भएको आगलागीमा आधा दर्जनभन्दा बढी घर खरानी भएको छ । डाक्नेश्वरी नगरपालिका ३ तरहीस्थित बतही...

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

काठमाडौँ । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक...

ट्रेन्डिङ

बैतडीका २ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज

बैतडी । बैतडीका २ सय ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाका सबै स्थानीय तहमा गरेर हालसम्म २ सय ९५ जनामा कोरोना...

मिथिलाञ्चलमा छाएन रक्षाबन्धन पर्वको रौनक

सप्तरी, राजविराज । ९ दिन देखीको निषेधाज्ञा तथा लकडाउनले सप्तरीमा रक्षाबन्धन पर्वको चहलपहल शुन्य भएको छ । यतायात तथा अन्य आवतजावतमा समेत कडाई भएका...

लकडाउन खुलेसँगै नेकपा सिन्धुपाल्चोकको राजनीतिक गतिविधि सुरु

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले देशव्यापी रुपमा गरेको लकडाउन खुल्ला भएसँगै सिन्धुपाल्चोकमा राजनीतिक गतिविधिहरु पनि छिटफुट रुपमा सुरु भएको छ...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

संस्कारविहीन नेता र विकल्परहित राजनीति

सरकारले दुई अध्यादेश जारी गरी खारेजीसमेत गराएपछि नेपालको राजनीति एकपटक तरंगित बन्न पुग्यो । लामो समयदेखि नेपालको राजनीति अस्थिर भइराखेको अवस्थामा स्थिर सरकारको चाहना...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा...

सुझाव संकलनमा प्रदेश सरकार

मोरङ। प्रदेश १ सरकारले कोभिड- १९ नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न सरोकार राख्नेहरुसँग सुझाव संकलन गरेको छ । बिहिबार प्रदेश सरकारका प्रवक्ता...

घरकाे झ्यालमुनी ठूलाे स्वरले गफ गरेकाे भन्दै पाँच जनाकाे गाेली हानी हत्या

मस्को । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

भर्खरै

प्रभु साहको प्रश्न– ‘हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज...

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

काठमाडौँ । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक...

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

धेरै पढिएका

स्कटल्यान्ड २२ वर्षपछि युरोकपमा छनोट

बियोग्राड । स्कटल्यान्ड २२ वर्षपछि अर्काे वर्ष आयोजना हुने युरोकपमा छनोट हुन सफल भएको छ । बिहीबार राति सर्वियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित...

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

काठमाडाैं ।  सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध...

कतै विद्युत, कतै दियोले पसल र घर खरानी

राजविराज । लक्ष्मीपुजाको मध्यरात कतै विद्युत सर्ट भई त कतै दियोबाट सल्केको आगोबाट आगलागी हुँदा सप्तरीमा आधा दर्जन पसल र घर खरानी भए ।
यो पनि पढ्नुहोस   सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
आगलागीबाट...

आगामी तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)