मुगुको अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्ता पक्राउ

दैलेख । मुगु पठाउनुपर्ने चामल भक्तपुर पठाउने ढुवानीकर्ता बासुदेव शर्मालाई पक्राउ गरेको छ । मुगुको चामल भक्तपुर पठाउने शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको हो ।

पक्राउ परेका शर्माको स्वास्थ्य परिक्षणपछि म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेत लगिने जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र राजेन्द्र भट्टले जानकारी दिए । शर्मालाई प्रहरीले कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा प्रहरीमा गएर अनुसन्धानमा सहयोग गर्न सोमबार सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतमार्फत शर्मालाई खबर पठाएपछि प्रहरी कार्यालय पुगेका शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । चामल नियन्त्रणमा लिनेबित्तिकै बयानका लागि प्रहरी बोलाएपनि शर्मा वेवास्ता गर्दै आएका थिए ।

नेपाल सरकारको स्वामित्वको रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुगु पठाउनुपर्ने २ सय ५० क्वीन्टल चामल ढुवानी सेवाका सञ्चालक शर्माले विहिवार भक्तपुर पठाउने क्रममा सुर्खेतको सुब्बाकुनाबाट ना ६ ख ५७२१ ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो भने चामल मुगुको कालैका लागि सुर्खेतस्थित कम्पनीको गोदामबाट उठाएका थिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट ढुवानीकर्ता शर्माले १ हजार १ सय क्विन्टल चामल उठाएका थिए । मंगलबार सम्म मुगुको कालैमा ६० क्विन्टल अरुवा मोटो चामल पुगेको कालै प्रहरी चौकीका असई नन्दबहादुर शाहीले बताए । उनले भने, ‘यहाँ दुईवटा ट्याक्टरमा ६० क्विन्टल अरुवा मोटो चामल कालै पुगको छ । ढुवानी कर्ताका प्रतिनिधी नहुँदा वितरण गरिएको छैन ।’

सुर्खेतका एसपी भट्टका अनुसार शर्माको वीरेन्द्रनगरस्थित गोदाममा करिब २ सय बोरा (६० क्विन्टल) चामल रहेको छ । बाँकी (करिब ७ सय ३० क्विन्टल) चामल कहाँ बिक्री भयो भन्ने’bout अनुसन्धान भइरहेको सत्यतथ्य पत्ता लगाई सकेपछि जानकारी दिने उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा