कर्णाली नदीमा पुल बनेपछि भुलुबासी हर्षित

 दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका र अछामको तुर्माखाँद गाउँपालिका भुलु जोड्ने कर्णाली नदीमा बनेको झोलुङ्गे पुल ।

दैलेख । बर्षोदेखि कर्णाली नदी वारपार गरेर जोखिम यात्रा गर्दै आएका अछाम तुर्माखाँद गाउँपालिका २ भुलुबासीको जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अमल्तडादेखि अछामको तुर्माखाँद गाउँपालिका–२ भुलु (लोब्रे) जोड्ने कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि भुलुवासीको जोखिम यात्रा गर्नुपर्ने बाध्यता हटेको हो ।

खाम्पाटेरडेब, भुमी जेभि निर्माण कम्पनीले (२०७६) माघ महिनादेखि पुल निर्माणको काम सञ्चालन गरी (०७७) असोजमै सम्पन्न गरेको जनाएको छ । ८८ लाखको लगानीमा १ सय ५६ मिटर झोलुङ्गे पुल निर्माण गरिएको कम्पनीका प्रतिनिधी मदन शाहीले जानकारी दिए । पुल निर्माण भएपछि दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका बासिन्दा र भुलुबासीमा खुशी छाएको भुलुकी मामसरा शाहीले बताईन । उनले भनिन्, ‘कर्णाली नदी वारपार गर्दा सधै डुङ्गा भरमा जोखिम मोलेर जानुपथ्यौं । अब झोलुङ्गे पुल बनेपछि जोखिम हटेको र भुलुवासीलाई सुविस्ता मिलेको छ । भुलु तुर्माखाँद गाउँपालिकाको दुर्गम क्षेत्र हो । पुलमा निर्माणमा चामुण्डाबिन्द्रासैनी नगरपालिका र सस्पेन्सन ब्रिज डिभिजनको आर्थिक सहयोग तथा हेल्भेटासको प्राविधिक सहयोग निर्माण गरिएको हो ।’

पुल बन्नुभन्दा पहिला कर्णाली नदीमा डुङ्गाको सहायताबाट पाल्तेडादेखि भुलू जाँदै नेपाल प्रहरीको टोली ।

पुलबाट करिब ८० प्रतिशत तुर्माखाँद –२ भुलीबासी र २० प्रतिशत चामुण्डाविन्द्रासैनी नगरपालिकाका बासिन्दा लाभान्वित भएको दैलेख ामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का वडा–अध्यक्ष ईन्द्र चौलागाईँले बताए । पुल सञ्चालनमा आए सँगै डुङ्गा (नाउ) र ट्युवको सहायताबाट कर्णाली नदी तर्नुपर्ने बाध्यता टरेको छ,’ उनले भने ।

दशकौँदेखि ढुङ्गाको भरमा नदी वार–पार गरेर गर्नुपर्ने बाध्यता झेलिरहेका भुलूवासीलाई ‘झोलुङ्गे’ पुल निर्माणपछि बरदान बनेको भुलुकी सिता शाहीले बताइन् । कर्णाली नदी वारपार गर्दा हाम्रा कति दिदी बहिनीलाई नदीले खाईदियो । अब कोही पनि दिदी बहिनीले अकालमै ज्यान गुमाउनु पर्ने छैन । हामीलाई राज्यले दिने सेवा सुविधा के हुन थाहा छैन । कर्णाली नदीमा जोखिम यात्रा, भौगोलिक विकटताले गर्दा गाउँमा कोही पनि आउदैन । अब त कर्मचारी आउँछन् होला ।

शाहीले भनिन्, ‘पुल बन्नु भनेको हाम्रा लागि सौभाग्य हो ।’ पहिला हामी डोकोमा तरकारी, फलफुल बेच्नका लागि कर्णाली पारी राजमार्ग जान्थेम । हामीलाई दैनिक आवाश्यक पर्ने दाल, चामल, नुन, तेलको लागि पनि पाल्तेडा बजारकै मुख ताक्नुपर्छ ।’ ‘कर्णाली नदीमा ट्युव, त कहिले ढुङ्गा चढेर जाँदा, थाह हुन्थेन कहिले कर्णालीमा खसेर मरिने हो भन्ने अब त्यो समस्या सदाका लागि सकियो, हामीले जोखिम यात्रा गर्नुपरेन’, खुशी हुदै उनले भनिन् । अब त हामी डोकोमा बोकेर भएपनि ढुक्का साथ आफ्नो उत्पानलाई सहज रुपमा बजारिकरण गर्न जान्छौँ ।’

यस्तै लोप्रे गाउँका बालबालिकाकाले अध्ययन गर्ने विद्यालय पनि पाल्तेडा बजार मै छ । साना–साना बालबालिकाहरुले पनि ढुङ्गा, ट्युवमै वार–पार गर्नुपर्ने बाध्यता पुलले टरेको छ तुर्माखाँद –२ का वडा सचिव जनक थापाले पुलले भुलूवासीलाई निकै सहज बनाएको बताए । ‘भुलू सुन्तला र तरकारी उत्पादनमा हिसाबले राम्रो क्षेत्र हो,’ थापाले भने, ‘सामान्य विक्री गर्नका लागि भएपनि कर्णाली पारी नगएर सुख्ख छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार