गिरफ्तार गरिएका विप्लवका नेता विश्वकर्मा र भृकुटी कालिकोटमा

कालिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवम पूर्व राज्यमन्त्री नविन विश्वकर्मा हितमान र काठमाडौँ उपत्यका व्यूरो इन्चार्ज एवम पूर्व सभासद धिरेन्द्रा उपाध्याय भृकुटीलाई समोबार जिल्ला अदालत कालिकोटमा पेस गरिएको छ ।

प्रहरीद्धारा काठमाडौँबाट गिरफ्तार गरिएका नेता विश्वकर्मा र उपाध्यायलाई सात महिना नख्खु जेलमा राखी काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरेपछि पुन गिरफ्तार गरी सुनसरी हुँदै शनिबार कालिकोट पुर्याइएको थियो ।

विष्फोटक पदार्थ सम्बन्धी मुद्धा लागेका विश्वकर्मा र उपाध्यायलाई समोबार जिल्ला अदालत कालिकोटमा बयानका लागि पेस गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख श्यामबावु ओलियाले बताएका छन् । उनका अनुसार जिल्ला आदालतमा न्यायधीस नभएका कारण मुद्दाको सुनुवाइ न्यायधीस जिल्ला फर्केपछि मात्र हुने छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन